समाज सेवामा समर्पित युवाहरुको संस्था ‘न्यानो स्पर्श’ ले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि श्रमदान गरेका छन् ।
न्यानो स्पर्शका २५ जना सदस्यहरु चितवन पुगेर गत शनिवार श्रमदान गरेका हुन । उनीहरुलाई एमनेष्टि इन्टरनेशनल नेपाल रामपुर युथ नेटवर्कका २५ जना युवा साथिहरु र युथ फर सोसल चेन्जका १० जना युवाहरुले साथ दिएका थिए ।
यस किसिमको श्रमदानकालागि हौसला र प्रोत्साहन मिलोस भनेर न्यानो स्पर्शले धुर्मुस सुन्तली फाउण्डेशनलाई साथ दिएको संस्थाका सचिव सागर पौडेलले सफल नेपाललाई बथाएका छन् ।
न्यानो स्पर्शले यस अघिपनि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिन्धुपाल्चोकको गिरान चौर नमूना बस्ती तथा महोत्तरीको मुसहर बस्ती निर्माणका क्रममा पनि यसरी नै श्रमदान र निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
न्यानो स्पर्शको फेसबुक पेजमा श्रमदानलाई उनीहरुले यसरी पोष्ट गरेका छन् ।
https://www.facebook.com/nyanosparsha/
“देशले हामिलाई नाम दियो, सान दियो सबथोक दियो, हामी पनि देशलाइ केहि दिने छौं, अन्तिम सास रहुन्जेल, रगत पसिना दान गरि देश बिकासमा हिड्ने छौं”
– न्यानो स्पर्श (सधैं सबैका लागि )
” पुस ५ गते, एक महत्वपूर्ण दिन थियो, हामि न्यानो स्पर्शले बोलेको शब्दहरू र गरेका बाचाहरुमा उभिन प्रयत्न गरेको दिन थियो। हुन त धुर्मुस सुन्तली फाउन्डेसन ले बोकेको देशकै सबै भन्दा ठुलो समाजिक कार्य वास्तवमा उहाँहरुको मात्र कर्तव्य हो भन्नु सरासर गलत हो। हामिले बिगतमा पनि धुर्मुस सुन्तली फाउन्डेसनले गरेका हरेक कामहरुमा जस्तै यस महाअभियानमा आफ्नो उपस्थिति जनाएका छौ।
हाम्रो योगदान नगन्य थियोहोला, तर हाम्रो उपस्थिति, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा योगदान पुर्याउने हजारौं, लाखौ सहयोगी मनहरु हामि युवाहरु पनि हातमा हात, साथमा साथ र काँधमा काँध मिलाएर अघि बढ्न तयार छौ, हरेक नेपाली तपाईंको काममा ऐक्यवद्धता जनाउन इच्छुक छौं भनि उत्प्रेरणा दिनु थियो। हाम्रो एकदिनको श्रमदान दानमा हामि न्यानो स्पर्श बाट २५ जना साथिहरुलाई साथ र सहयोग गर्ने एमनेष्टि इन्टरनेशनल नेपाल, रामपुर युथ नेटवर्कका २५ जना युवा साथिहरु र ‘युथ फर सोसल चेन्ज’ का साथिहरुपनि उपस्थित हुनुभएको थियो।
हामिलाई देशको यति ठुलो परियोजनामा सानो भएपनि उपस्थिति जनाई, सहयोग गर्ने सुअवसर प्रदान गर्नु भएकोमा धुर्मुस दाई र धुर्मुस सुन्तली फाउण्डेशनलाई बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं। हामि, हाम्रो यस कार्यलाइ मूर्तरुप दिनका निम्ति प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णमा सहयोगी मनहरुलाई हृदय देखि नै आभार व्यक्त गर्न चाहन्छौ।”
तस्बीर सौजन्यः न्यानो स्पर्शका सचिव सागर पौडेल