अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्नुहुने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । मङ्गलबारदेखि साताव्यापी दक्षिण एसिया भ्रमणमा निस्कनुभएका लु अर्को साता नेपाल आइपुग्नुहुने जनाइएको छ ।
नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले नेपालको वातावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका लागि सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्नुहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिका–नेपाल सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउन नेपालका युवा नेतृत्वसँग पनि परामर्श गर्नुहुने छ । रासस