पुर्खाको नासो हाम्रो धर्म र संस्कृति

शोभा पाण्डेय / सिलवाल

चाड र पर्व,रीति र रिवाज, अमूल्य  सम्पत्ति
संस्कार राम्रा ,काज र क्रिया, चलनचलती ।
जन्म र मृत्यु, विवाह,न्वारन,संस्कृति कर्मका
नेपाली हामी ,छ हाम्रो कर्म , सहनसिलताका ।
नेपाल साझा,फूलबारी हजुर,विभिन्न जातिका
मिलेर बस्छन् ,धर्मावलम्बी,भाषा र भाषिका ।
दसैँ ,तिहार ,तिज र छठ ,ल्होसार, क्रिसमस
होली छ इद,माघी र रमजान, हर्ष र उल्लास ।
जाति र धर्म, चाड अनि पर्व रमाउने भावना
सबैले गर्छन् ,सम्मान सबलाई ,सद्भा
वको कामना ।
मन्दिर, चैत्य,मस्जिद,चर्च ,अमूल्य सम्पदा
होस्टेमा हैँसे ,संरक्षण गर्न ,देखाउँछन् मर्यादा ।
जनाबर,वृक्ष ,नदी र नाला,प्रकृति पुज्दछौँ
सारङ्गी, मादल, बजाउँदै  हामी, सोरठी नाच्दछौँ ।
वेद र पुराण,त्रिपिटक,बाइबल, अमूल्य निधि हुन्
नेपालीलाई, नियममा बाँध्ने ,उत्तम विधि हुन् ।
संस्कृति हाम्रो, अमूल्य कुरा, सिकाउँछ बहुतै
एकता, मैत्री ,शान्ति र विकास,सिर्जना  दुरुस्तै ।
अतिथिलाई, देवता ठान्ने,छ हाम्रो  संस्कृति
ऐँचो र पैँचो, मेला र पात ,छैन नि विकृति ।
पुर्खाको नासो ,संस्कृति हाम्रो , हो ठुलो  धरोहर
एक अर्काको ,भावना बुझौँ, जोगाऔँ बरोबर  ।

ताजा खबर