गुगलदेखि मेटासम्मले नेपाललाई साढे ४१ करोड विद्युतीय सेवा कर बुझाए

माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पल जस्ता विश्वका ठूला सूचना प्रविधि र सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन्। उक्त कारोबारका आधारमा यी कम्पनीहरूले साढे ४१ करोड रुपैयाँ कर तिरेका छन्।

गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व विभागमा दर्ता भइ १८ कम्पनीले २ अर्ब ७५ करोड ८० लाख रुपैयाँको कारोबार गरेका थिए। ती कम्पनीहरूले सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका छन्।

एक अमेरिकी कम्पनीले मात्र १ अर्ब ३१ करोड रुपैयाँको कारोबार गरेको र १७ करोड १० लाख रुपैयाँ भ्याट तथा २९ लाख ३६ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेको जानकारी दिइएको छ। रासस


ताजा खबर