त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकमा प्रा.डा.सुवास प्रसाद आचार्य नियुक्त हुनु भएको छ।
अस्पतालको क्रिटिकल केयर विभागका प्रमुखका रूपमा कार्यरत रहनुभएका प्रा.डा. आचार्यलाई कार्यकारी निर्देशक छनोट समितिको सिफारिसका आधारमा नियुक्त गरिएको हो।
कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले प्रारम्भिक चरणमा प्रा.डा. घनश्याम गुरुङ, सहप्राध्यापक डा. गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा. सुवासप्रसाद आचार्यलाई छानेको थियो।
चार जनालाई माघ २३ गते अन्तर्वार्ता लिएपछि प्रा.डा. आचार्यलाई समितिले छनोट गरेको हो।
नेपालमा सघन उपचार सेवाको स्तरबृद्धि तथा नेपालको सघन उपचार शिक्षालाई विश्वस्तरमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउनु भएका प्रा.डा. आचार्यको नियुक्तिलाई चिकित्सा बृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेतीले पाउनु भएको छ। डा.उप्रेती यसअघि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो । सफल नेपाल