शोभा पाण्डेय /सिलवाल
डुलुवा फोन , अचेल हाम्रो ,बनेको छ, साथी
हामी सोच्छौँ ,मोबाइल , सबैभन्दा, माथि ।
सदुपयोग ,गरे यसको, हामी बन्छौँ, ठुलो
दुरुपयोग ,गरे देखि ,पढ्या कुरा, भुलो ।
समय नि , खान्छ यसले , निद पनि लिन्छ
जीवनमा ,हामीलाई , पछि पारिदिन्छ ।
स्वास्थ्य पनि , बिगारेर ,रोगी बनाइदिन्छ
किताब हेर्न ,मन नलाग्ने ,यसले गर्दा, हुन्छ ।
एकाग्रता ,ल्याउन दिन्न , मन हुन्छ , चञ्चल
टिक्नै दिन्न ,एक ठाउँमा, ल्याइदिन्छ हलचल ।
रिस पनि, उठाइ दिन्छ, खेल्नै मन, लाग्दैन
घरमा आका, पाहुनासँग ,बोल्नै मन, लाग्दैन ।
शारीरिक ,मानसिक ,सामाजिक , रुपमा
विकलाङ्ग ,बनाउने ,गुण छ नि, यसमा ।
आँखाको ,दृष्टि शक्ति, कमजोर हुँदै , जान्छ
प्रतिस्पर्धा ,गर्ने शक्ति , पनि क्षीण पार्छ ।
मोबाइलबाट, टाढै बस्नु ,नचलाउनु, यसलाई
चलाउनै ,परेदेखि, साबधान हुनु, पहिल्यै ।
धेरै पढ्नु ,ज्ञानी बन्नु ,असल बन्नु, सधैँ
मोबाइलको दुर्गुणलाई नभुल्नु है कहिल्यै ।