नेकपा एमाले सचिवालय बैठकबाट विशेष प्रस्ताव पारित

नेकपा एमालेको सचिवालय बैठकले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज  बसेको एमाले सचिवालय बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउन हाल भइरहेका प्रयास स्वीकार्य नभएको भन्दै विशेष प्रस्ताव पारित गरेको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले पार्टीको लुम्बिनी प्रदेश कमिटीमा थप गर्न  पठाएको २८ जनाको नाम अनुमोदन पनि गरेको छ । रासस


ताजा खबर