ऐतिहासिक सिन्धुलीगढीमा भईरहेको पुननिर्माण सम्बन्धी सम्पूर्ण कामहरु पुरात्व विभागको समन्वय र सल्लाहमा भइरहेको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताउनु भएको छ ।
आदिबासिक जनजाती पत्रकार महांसघले सोमबार सिन्धुलीगढीमा गरेको ऐतिहासिक राष्ट्रिय भेलालाई संबोधन गर्दै मेयर खत्रीले सिन्धुलीगढीका विषयमा बेलावखतमा अर्नगल प्रचारबाजि र सामाजिक सञ्जालहरुमा भईरहेका टिकाटिप्पणी लाई लक्षीत गर्दै सिन्धुलीगढीका सम्पूर्ण पुननिर्माण सम्बन्धी गतिविधिहरु पुरातत्व विभागको समन्वयमा भइरहेको बताउनु भयो ।
सिन्धुलीगढीमा कमलामाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेर ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अनुसार काम गरिरहेको बताउदै मेयर खत्रीले सिन्धुलीगढी कमलामाई नगरपालिकामा आउनु भन्दा अगाडि यहाँ ठूलो गढी जाने ठाउँमा सिमेन्टीको भ¥याङ् निर्माण गरिदा, पिकनिक स्थल भनेर विभिन्न संचरना बनाउद कोहिपनि नबोलेको तर अहिले नगरपालिकाले ठूला योजना सहित दरबार नै पुनिनिर्माण गर्ने, युद्धसंग्राहलय बनाउने लगायतका करोडौ बजेटका योजनाहरु अगाडि सारेर टेण्डर प्रक्रिया सकेर निर्माण चरणमा रहदा बुझ्दै नबुझि नगरपालिकालाई आलोचित पार्ने गरि क्रंक्रिटको संरचना बनाउन लागेका जास्ता अर्नगल प्रचारहरु हुन थालेकपछि मेयर खत्रीले ति विषयहरुको खण्डन हुनेगरि सार्वजनिक मन्तव्य दिनुभएको हो ।
सिन्धुलीगढीमा यसै वर्ष नेपाली सेनाले युद्ध संग्राहलय र प्रदेश सरकारको बजेट बाट सानो गढी दरबारको पुननिर्माणको काम सुरु हुदै छ । सिन्धुलीगढीमा कार्तिक २४ गते मनाईने ऐतिहासिक विजय दिवसमा विगत केहि वर्ष देखि विशष्टि पाहुनाहरुको साथमा पुरातत्व विभागका पदाधिकारीहरु पनि सहभागि हुदै आएका छन् ।
सफल नेपाल, सिन्धुली