पोखरा प्रिमियर लिगको उपाधि चितवनले जित्यो

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

२०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा आउट भए लोकेश बम मात्र एक रनमा ।

तर मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रमक पारी खेल्दै ४१ रनको साझेदारी गरे ।

आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने । छैटौं नम्बरमा आएका पुनित मेहरा र प्रदीप क्रिजमा रहँदासम्म बिराटनगरको जितको आश कायमै थियो । दुबैले ठूलो सर्ट खेलिरहेका थिए ।

कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएपछि भने चितवनको जित औपचारिक मात्र बाँकी रहृयो । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए ।

2019-12-28-6227

मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हाताय ५ रनमै पभेलियन फर्किए । चौथो नम्बरमा आएका अनिलले तेस्रो विकेटका लागि मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५०/५० रनामा आउट भए ।

अरिफ शेखले १९ रन जोडे । उनी आउट हुँदा टिकको स्कोर १७० रन थियो र मात्र ११ बल बाँकी थियो । करण केसीले आक्रामक पारी खेले । उनले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए भने सन्नी पटेल १६ मा ।

-सफल नेपाल

#NepalCricket Chitwan Rhinos
PPL- Pokhara Premier League


ताजा खबर