राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्नुभएको छ ।

चैत शुक्ल अष्टमीका अवसरमा शनिबार साँझ सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवम् दर्शन गर्ने परम्परा रहिआएको छ ।

सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्नुभएको हो ।

शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको थियो । रासस


ताजा खबर