सूर्यज्योति केयर्स डिजिटल कार्ड र इ-कर्जा सेवा शुभारम्भ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको हो।

सेवा अन्तर्गत अनलाइन बाटै कर्जा लिन सकिने र सुर्यज्योती डिजिटल कार्ड लिएका बीमीत तथा अभिकर्ताहरुले कम्पनीले सम्झौता गरेका अस्पताल तथा ब्यापारिक केन्द्रमा छुट पाइनेछ।

होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गर्नुभएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताउनुभयो। उहाँका अनुसार सूर्यज्योतिले ‘सूर्यज्योति केयर्स’ कार्डमार्फत बीमित ग्राहकलाई डिजिटल माध्यमबाट सेवामा पहुँच दिनेछ भने ‘इ-कर्जा’ सेवाले तत्कालिन आर्थिक आवश्यकतामा सहज ऋण सुविधा प्रदान गर्नेछ।

यो सुविधा उपभोग गर्न बीमितको न्यूनतम ५ लाखको बीमांकको बीमालेख हुनुपर्ने नियम रहेको छ भने बीमालेख नवीकरण हुनुपर्ने, अभिकर्ताका लागि सेल्फ कोर्ड ६ लाख र टिम बिजनेसमा ३० लाख रुपैयाँ व्यापार गरेको हुनुपर्ने व्यवस्था  अनिवार्य छ।

ई–कर्जा सुविधा उपभोग गर्न ३ वर्ष पूरा भई ३ वर्षको बीमाशुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकृतम ५० हजार रुपैयाँसम्म कर्जा पाइने, केवाईसी अपडेट हुनुपर्ने, कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुने, ई–कर्जामा बीमालेख धितो राख्न सहमत भएको मानिने र सेवाशुल्कबापत ५० रुपैयाँ लाग्ने सर्त कम्पनीले राखेको छ। यो सुविधा बीमितले खल्ती, ई-सेवा, फोनपे, कनेक्ट आईपीएस र एनआईसी एसिया बैंकमार्फत लिन सक्नेछन्।

कार्यक्रमलाई सम्धबोन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा थप जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो । ‘सानो प्रिमियममा ठूलो जोखिम कभरेज गर्न सकिने हुँदा टर्म इन्स्योरेन्स निकै प्रभावकारी छ अध्यक्ष ओझाले भने, ‘बीमितको जीवनमा केही भइहाल्यो भने भोलिका दिनमा परिवारलाई आर्थिक राहत मिल्छ । त्यसैले बीमा कम्पनीहरुले यसलाई विषयगत रूपमा जोड दिन जरुरी छ ।’

सूर्यज्योतिले सुरु गरेका नयाँ सेवाको प्रशंसा गर्दै उहाँले बीमा कम्पनीहरुले डिजिटल प्रणालीमार्फत सेवाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘विश्वभर बीमा डिजिटल हुँदै गएको छ, भारतमै इन्स्योरेन्स कम्पनीहरुले स्वास्थ्य क्षेत्रमा खासगरी अस्पतालहरुमा प्रत्यक्ष सेवा दिन थालेका छन्, हामीले पनि त्यसैगरी काम गर्नुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमामा पनि डिजिटल प्रणाली भन्दा  कम छैन भन्ने प्रमाण सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दिएको बताउनुभएको छ।

उहँँले भन्नुभयो, ‘यो उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने जुन यात्राको थालनी सूर्यज्योति लाइफले गरेको छ, यो अत्यन्तै प्रशंसनीय र कदरयोग्य छ’,  ‘ नवप्रवर्द्धन र नवीनतम सेवा विस्तारमा बीमा प्राधिकरण सदैव बीमा कम्पनीहरुका साथमा उभिएको छ।’

विद्युतीय माध्यमबाट कर्जा दिने सुविधाले बीमितको लागत पनि घटाउने र समय पनि बचाउने सुवेदीको भनाइ थियो। ‘विद्युतीय प्रणालीमा बीमा कम्पनीहरु अगाडि बढ्नका लागि प्राधिकरणले सधैँ साथ र सहयोग गर्नेछ, त्यो हाम्रो नीति नै रहन्छ’, उहाँले भन्नुभयो।  कम्पनीले ल्याएको दुवै प्रडक्ट राम्रा भएकाले सुबेदीले सफलताको शुभकामना ब्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई, प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री, नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी र देशका सर्वोत्कृष्ठ व्यवसाय गरीरहेका अभिकर्ताहरु तथा सेवा प्रदायक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सफल नेपाल


ताजा खबर