पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

रोमन क्याथोलिक चर्चका अगुवा पोप फ्रान्सिसको  ८८ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको पुष्टि गरेको हो ।

कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिसकफ निधन भएको उल्लेख छ ।

गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भएको हो ।

फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुग्नुभएको थियो । मार्च २३ मा डिस्चार्ज हुनुअघि उहाँले अस्पतालमा ३८ दिन बिताउनुभयो । रोयटर्स


ताजा खबर