आशा भोश्लेले जिस्कँदै भनिन् : ‘नेपाल शोमा अलिक छिटो बोलाउनु भो मलाई’

सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा आशा भोशलेले भनिन् -नेपाल शोमा अलिक छिटो बोलाउनु भो मलाई ८६ बर्षको उमेरमा अव ५-७ बर्षपछी बोलाउनु भएको भए शायद स्वर्गबाटै आउँथे होला।
यद्यपि ढिलै भएपनि नेपाल शोमा निम्तो पाएकोमा नेपाल र नेपालीलाई मनैबाट धन्यबाद।
उनले रञ्‍जित गजमेर’कान्छा’ प्रति अपार माया ब्यक्त गरिन्।
गजमेरद्वारा सङ्गीतबद्ध केहि गीतका मुखडा सुनाइन् ।
मोहनी लाग्लाहै रामकृष्ण ढकालसँग युगल गाइन।
जाँदा जाँदै ‘मञ्जितसिंह पुरीके लिए’ भन्दै एउटा हिन्दी गीत पनि सुनाईन आशाले ।
रञ्‍जित गजमेरका २० भन्दा बढी सङ्गीतहरू विभिन्न कलाकारहरुले गाएका थिए।

सङ्गीतकार रञ्‍जित गजमेर र आशा भोशलेलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्युले बिशेष सम्मान गर्नु भएको थियो।


ताजा खबर