राष्ट्रपति समक्ष नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको शपथ

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले  उहाँलाई शपथ गराउनु भएको हो ।

शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण देखाइ राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पन्तले पाउनु भएको हो ।

हिजो मात्र प्रधानमन्त्रीको शिफारिसमा पन्तलाई राष्ट्रपति पौडेलले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।


ताजा खबर