एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले आफ्नो कार्यभार औपचारिक रूपमा सम्हाल्नु भएको छ ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ ।
बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नुभएका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ ।
उहँँका योगदानहरू विशेष रूपमा बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा महत्वपूर्ण रहँदै आएका छन् ।
उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनुभएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।