राष्ट्रिय क्रिकेटका नवनियुक्त मुख्य प्रशिक्षक उत्साहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल नेपाल आउनासाथ उत्साहित देखिनुभएको छ ।

शुक्रबार राति नेपाल आइपुग्नुभएका प्रशिक्षक स्टुआर्टले शनिबार बिहान सञ्चारकर्मी र नेपाली क्रिकेट खेलाडीसँगसमेत साक्षत्कार गर्नुभयो । मुलपानी क्रिकेट मैदानमा सञ्चार कर्मीसँग कुरा गर्दै स्टुआर्टले नेपालको प्रतिभावान खेलाडी, उनीहरुको चाहना र प्यासन देखेर आफु नेपाल आउन उत्साहित भएको बताउनुभयो ।

‘‘नेपाली क्रिकेटले प्रगति गरिरहेको थाहा थियो । यहाँ प्रतिभावान खेलाडी छन् । खेलाडीको चाहना र प्यासन बेजोड रहेको छ । म नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै खुशी छु । नेपाली क्रिकेटलाई थप माथि लैजान चुनौती पनि उत्तिकै देखेको छु । तर चुनैतीको सामना गर्नका लागि आएको हुँ,’’ स्टुआर्टले भन्नुभयो ।


ताजा खबर