नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । देशभर मौसम सामान्य बदली रहेको छ ।
आज उच्च पहाडि तथा हिमालि भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडि तथा हिमालि भु-भागमा भने हिमपातको सम्भावना छ ।
मौसम बदलि संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो बढ्ने हुनाले सतर्कता अपनाउन पनि मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १७ गते (बिहिबार)
दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।
पौष १८ गते (शुक्रबार)
दिउँसो स्देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । -रासस