मनिषाले दिएको नेपाली ढाकाटोपी लगाए ज्याकी श्राफले

बलिउडका चर्चित अभिनेता ज्याकी श्राफलाई नेपालकी मनिषा कोइरालाले नेपाली ढाकाटोपी लगाइदिएकी छन् । बलिउडका एक्सन स्टार टाइगर श्राफका बुबा समेत रहेका अभिनेता ज्याकी श्राफलाई अभिनेत्री मनिषा कोइरालाले भेटेर नेपाली टोपी लगाइदिएकी हुन् ।

नेपाली ढाकाटोपी लगाइदिएपछी उनले ज्याकी श्राफ र आफ्नो तस्वीर सामाजिक सञ्जाल ट्वीटर पोस्ट गरेकी छिन् । उनीहरु महाराष्ट्रको एक फार्ममा घेट भएको र घेट हुदा मनिषाले ज्याकीलाई टोपी लगाइदिएको बताइएको छ ।

तस्वीरमा ज्याकी र मनिषा मुस्कुराएका छन् । तस्वीरमा मनिषाका बुबाआमा पनि ज्याकी सँग देखिएका छन् । मनिषाले तस्वीर शेयर गर्दै ज्याकीसँग एकसाथ समय विताउन पाएकोमा आफुलाई धेरै खुसी लागेको बताएकी छिन् ।


ताजा खबर