पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई आज फिर्ता पठाइएको छ ।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँबाट पक्राउ परेका उनीहरुलाई आज साँझ चीन पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
चीनबाट आएका २ वटा विमानमार्फत उनीहरुलाई चीन पठाइएको उहाँले जानकारी दिनुभयो ।
यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैध रुपमा सङ्गठित काम गरेको स्वयं उनीहरुले स्वीकार गरेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।