के खाने के नखाने ? : पेट तथा कलेजो रोग बिशेषज्ञ डा.ए.के.कश्यपको सल्लाह

चिनी आधुनिक युगको मन्द बिष हो …

१. चिनी

हरेक घरमा देखिने यो चिनिलाई हामी (मोडर्न एज पोइजन ) आधुनिक युगको विष पनि भन्न सक्छौ ।
चिनिले लगातार प्यान्क्रियाटिक बेटा सेल ( विशेष किसिमका कोष ) लाई उत्तेजित गरेर धेरै भन्दा धेरै इन्सुलिन उत्पादन गर्दछ ।
आवश्यकता भन्दा बढि चिनी हाम्रो शरिरमा बोसो मा परिणत भएर कलेजो र मुटुमा संचित भएर बस्छ ।

२. फाष्ट फुड, फ्याट र ट्रान्स फ्याट

National Fast Food Day! What’s your favorite fast food?

हामीलाई थाहा छ धेरै मात्रामा फ्याट (बोसो) साच्चै नै शरिरको लागि खतरनाक हो । अझ एउटा प्रकारको बोसो ट्रान्स फ्याट हो जुनचाहिँ मुटुको लागि अझ हानिकारक हुन्छ । फ्याटलाई धेरै तापक्रममा, धेरै बेर पकाउँदा त्यो नै ट्रान्स फ्याटमा परिणत हुन्छ । अथवा यसलाई यसरी भनौ , यदि कुनै फ्याटलाई हामी फेरी तताउछौ (जस्तैः समोसा तथा अन्य फ्राइड कुराहरु पटक पटक तताउँछौ वा पकाउछौँ ।) त्यसमा रहेको फ्याट  ट्रान्सफ्याटमा परिणत हुन्छ ।  प्याकिङ गरिएका खानेकुराहरुमा पनि ट्रान्सफ्याट प्रचुर मात्रामा पाइन्छ । यसरी पटक पटक तताएर सेवन गर्दा खाना अस्वस्थकर र हानिकारक हुन्छ ।

३. प्याक्ड प्रोसेस्ड फुड

RTRDFS5

कुनै पनि प्याक्ड खानेकुरालाई लामो समयसम्म राखिराख्न विभिन्न प्रिजरभेटिभ प्रयोग गरिएको हुन्छ ।  कुनै जर्म अथवा किटाणुहरुले त्यसलाई नष्ट गर्न र बिगार्न नसकोस भनेर  विभिन्न केमिकल ट्रिटमेन्ट गरिएको हुन्छ जसले हाम्रो पाचन प्रणालीमा नकारात्मक असर गर्छ । यहि सिद्धान्त हाम्रो शरिरमा लागू हुन्छ । जस्तै यी खानेकुरा हाम्रो आन्द्रामा पुगेपछि सजिलै नपच्ने त छदैछ साथमा हाम्रो शरिरलाई बिभिन्न इन्फेक्सन देखि क्यान्सर सम्मका घातक रोगबाट बचाउने  गुड ब्याक्टेरियाको वृद्धि रोक्छ  । रोग प्रतिरोधात्मक क्षमतामा समेत ह्रास आँउछ ।

४. रेड मिट

Image result for red meat

रेड मिट पनि स्वास्थ्कालागि अत्यन्त हानिकारक रहेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । रेड मिट नखानुपर्ने धेरै कारण छ । यसमा स्याचुरेटेड फ्याट धेरै हुन्छ। पछिल्लो समयका क्यान्सरसँग रेड मिटको निकटको समबन्ध रहेको तथ्यहरु फेला परेका छन् जसले  इन्टेस्टाइन (आन्द्रा), ब्रेष्ट (स्तन) र युटेरस (पाठेघर) को क्यान्सर गराउनमा महत्वपूर्ण भुमिका खेलेको पाइएको छ ।


ताजा खबर