प्रदेश ३ को नाम बागमती भयो : राजधानी हेटौडा नै कायम

प्रदेश ३ को नाम बागमतीको भएको छ भने स्थायी राजधानी हेटौडा कायम भएको छ । प्रदेश ३ को नाम बागमती राख्ने बिषयमा सबै दलहरु सहमती भएसँगै त्यसको निर्वाचन मार्फत त्यसको टुग्गो लगाउने बिषयको मतदान प्रकृयामा १०८ जना सांसदहरुले मतदान गर्नु भएको थियो भने हेटौडा कायम गराउन १०५ सांसदले मतदान गरेका थिए । बागमती नामको लागि सबै दलका १०८ सांसदहरुले मतदान गरेका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए । प्रदेशको स्थायी राजधानीको विपक्षमा देखिएको विवेकशिल साझाले समेत प्रदेशको नाम बागमतीमा सहमती जनाएसँगै प्रदेश नंम्बर ३ को नाम बागमती र राजधानी हेटौडा कायम भएको हो । – सफल नेपाल


ताजा खबर