माछापुच्छ्रे बैंकले साना किसानका लागि कृषि व्यावसयामा आवश्यक पर्ने चाुल पूँजी खर्च परिपुर्ति गर्ने उद्देश्यले माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपाल सँगको सहकार्यमा विभिन्न १४ जिल्लाका लागि किसान कार्ड सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा अन्तर्गत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा पाउँनेछन् ।
पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपाल सँग आबद्घ बाँकेको खजुरास्थित साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई किसान कार्ड सेवा शुरु गरिएको छ । -सफल नेपाल