नेपाली कांग्रेसले भोली आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार बिहान ८:३० बजे ‘जुम’मार्फत बस्ने छ।
बैठकमा मुख्यतया ३ एजेन्डामा छलफल हुने उनले बताएका छन्।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिकाबारे छलफल हुने छ।
यस्तै केन्द्रीय अनुशासन समिति गठनबारे पनि छलफल गरिने बताइएको छ।






















