म, न आफ्नो लागि आफू भैरहन सकेँ,
न अरुको लागि अरु कोहि भैदिन नै
आफू भैरहनु र अरु कोहि भैदिनु बिचमा
खै कता कता हराइ सकेछु, म ।
म भित्रको म, मरेको चै छैन
मलाइ यति सम्म चै चेत छ
तर जिबित काहाँ नीर छु?
सोच्छु, टोलाउछु, घोत्लिन्छु,
आफू भैरहन गाह्रो भएर, आफू भै रहनै नसकेको भए
नरहनु पर्ने हो नि त म,
रहि रहेकै छु,
सिद्धेको छैन त !
आफु भैैरहन नसक्नु र आफू भै रहनै नसक्नुको बिच
कतै पो छु कि, म
अरु पराइका लागि नभएर, आफ्नाहरुकै लागि,
अरु कोहि भैदिनु पर्ने बिडम्बनाले थिचेर, म
निस्सासिन्छु, आतिन्छु, दम नै बढेर आउछ
अनि कृतिम सास लिन खोज्छु
बिशाक्त परिदिन्छ र,
म भित्रै म छट्पटिन्छु,
बाध्यताबस, म भित्रको अरु नै कोहि
हावी भएर म माथी धावा बोल्छ
र म अरु नै कोहि भएर प्रस्तुत हुन्छु
तर मात्र अरुका लागि
वा भनौ मेरा आफ्नाहरुका लागि
मेरो लागि त म,
म मात्र हो,
मेरो निजि म,
म नै मनै बाट म नभएर
अरु कोहि भै म माथी धावा बोल्छ भने,
त्यो म हुँदै होइन नि।
-प्रमोद अधिकारी ,लालबन्दी-१, सर्लाही