बिस्तारामाअथवा कपडामा पिसाब फेर्नु (Enuresis) :
३-४ बर्ष माथिका बालबालिकाले लगातार थाहानपाइ बिस्तारामा अथवा कपडामा पिसाब फेर्ने गरेमा यस्तो समस्या भएको बुझिन्छ। ८०% ले पहिला कहिल्यैपनि पिसाब नियन्त्रण गर्न सक्ने क्षमता बिकास गरेका हुदैनन भने २०% ले क्षमता बिकास गरि फेरी पिसाब फेर्न थालेकाहुन्छन।केहिले रातिको समयमा मात्र पिसाब फेर्ने गर्छन भने कतिले दिउँसो र राति दुवै समयमा फेर्ने गरेको पाइन्छ।
कारणहरु :
बाल विकास ढिलो हुनु , परिवारमा झै झगडा रअनैक्यहुनु , पिसाब थैली सानो हुनु अथवा मुत्रप्रणालीमा खराबी हुनु
मनोविज्ञानकोअधारमा : आमाबुबाप्रतिको बितृष्णाअथवा रिस , आमा बुबाको माँया अथवा ध्यानआफूतिर खिच्नकोलागि।
मानसिक रोग बिना पिसाब हुने अन्य कारणहरु : पिसाबको संक्रमण , डाइबिटिज , मुत्रप्रणालीमाअवरोध , मेरुदण्डको खराबी , आन्द्रामा परजीवी भएमा , निन्द्रामा हिडनेअथवा छारेरोगकोसमस्या भएमा।
उपचार :
बच्चा र अविभावकलाइ मनोचिकित्सा (Psychotherapy) दिने , बच्चालाइ राति उठाएर पिसाब फेराउने , दिनमा पानि पिलाएर केहिबेर पिसाब रोक्न लगाउने , मानसिक रोग विशेषज्ञको सल्लाह लिइऔषधि चलाउने।
कपडामा दिसा गर्नु (Encopresis) :
शारीरिक खराबि बिना ३ बर्ष माथिका बच्चाहरुले कपडामै दिसा गरेमा यस्तो समस्या भएको बुझ्नुपर्दछ।यस्तो समस्या सामान्यतया धेरै कडा गर्ने अविभावकको बालबच्चाहरुमा देखिन्छ। बच्चाले रिस र प्रतिरोध स्वरुप यस्तो गर्ने गरेको पाइन्छ।
उपचार : बच्चा र अविभावकलाइ मनोचिकित्सा (Psychotherapy) दिने , पारिवारिक वातावरण न्यानो र प्रोत्साहन दिने खालको बनाउने , बच्चालाइ माया गर्ने र पनि नभएमा मानसिक रोग विशेषज्ञको सल्लाह लिने।
अखाध्य पदार्थ खानु (Pica) :
यस्तो अवस्थामा बच्चाहरुले अखाद्य पदार्थ खाने गर्दछन् जस्तै :- प्लास्टर , माटो, पेन्ट, मैला, कपाल, कागज, चक इत्यादि।मुख्यत यो समस्या पौष्टिक पदार्थको कमी (फलामको कमि) ले गर्दा हुने गर्दछ तर आमा र बच्चाको भावनात्मक सम्बन्ध कम भएमा पनि देखिन्छ।
उपचार : बच्चालाइ माँया गर्ने, भावनात्मकआवश्यकता पुरा गर्ने, खाए वापत सजाय नदिने किनकि सजायले यस्तो बानि जाँदैन , पौष्टिकआहार दिने कमि पुरा गर्ने।
अत्यधिक ( Bulimia ) अथवा अतिकम ( Anorexia Nervosa )खाने :
केहि बच्चाहरुमा मानसिक चिन्ता भएमा कि अत्यधिकखाने अथवा अति कम खाने गरेको पाइन्छ।यस्ता समस्या किशोरावस्थाको महिलाहरुमा बढी हुने गर्दछ।यस्तोमा आत्मबलको कमि र डिप्रेसन हुन्सक्छ। नखाने बच्चामा कुपोषण , कमजोरी, महिनावारी नहुने ,कब्जियत , संक्रमण भइरहने जस्ता समस्याहरु हुन्छन र कसैकसैले आत्महत्या पनि गर्न सक्दछन।
उपचार: बच्चा रअविभावकलाइ मनोचिकित्सा (Psychotherapy) दिने, ब्यावहार थेरापी र मानसिकरोग विशेषज्ञको सल्लाह लिइ औषधि चलाउने, केहि नखाई एकदम सिथिल भएको बिरामीलाई अस्पताल भर्ना गर्ने।
औला चुस्नु र नङ टोक्नु : यस्तो समस्या सामान्य मानिएतापनि बच्चाहरुमा भावनात्मक चिन्ता, असुरक्षा , थकावटका कारणले हुने गर्दछन। दाँत उम्रने समयमा असर गर्ने हुनाले माँयादिइ बच्चाको चिन्ता कमगर्ने अथवा चिकित्सकको सल्लाह लिने।
भकभकाउनु ( Stammering ), शब्द दोहोर्याउनु ( Stuttering ) : रुद्रघन्टीमा समस्याहुनु अथवा उत्तेजित हुदा रुद्रघन्टी र बिचारमा समन्वयन हुनु मुख्य कारण हुन तर कहिलेकाँही प्रतियोगिताको दवाव , बंशाणुगत खराबी र गलत बोल्ने अभ्यासले गर्दापनि हुनसक्दछ।
उपचार: मनोचिकित्सा (Psychotherapy) , ब्यावहारथेरापी ( Behaviour Therapy ) र बिस्तार बोल्नअभ्यास गराउने।
चुपलागेर बस्ने ( Mutism ) : यस्तो समस्या भएको बच्चालेआफ्नो सानो जमात बाहिर बोल्न मनपराउदैनन र बोल्न सक्ने भएपनि चुपलागेर बस्ने गर्दछन। यस्ता बच्चाहरु संबेदनशिल, लजालु र एकान्तप्रेमी हुनुकासाथै बिस्तारामा पिसाब फेर्ने , दिसा गर्ने , स्कुल जान नमान्ने हुन्छन।
उपचार: मनोचिकित्सा (Psychotherapy) , ब्यावहारथेरापी ( Behaviour Therapy ) जस्तै: प्रोत्साहन अथवा दण्ड दिने (Operant conditioning)
लेख्न र पढ्न अशक्तता ( Dyslexia) :
१० % स्कुले विध्यार्थीमा यस प्रकारको समस्या देखिने गर्दछ।यस्ता बालबालिका सामान्य विद्यार्थिभन्दा बुद्धिमान हुन्छन्। अक्षरहरुमा भ्रमहुनु ,शब्दहरुको प्रतिबिम्बित रुप देख्नु, धेरैमा कम आत्माबल र डिप्रेसन हुने गर्दछ।कुनै बच्चामा शारिरिक दुर्बलता भएपनि कतिमा गलत पढाउने तरिका , देब्रेहाते हुनाले अथवा भावनात्मक कारणले यस्तो समस्या हुने गर्दछ।
उपचार: मनोचिकित्सा (Psychotherapy),कति बच्चामा स्वभाविक रुपमा आफै ठिक हुन्छ भने कतिलाई लामो समय रिडिङ्ग थेरापी चाहिन्छ।
आचरणविकार (Conduct Disorder) :
असामाजिक आचरण विकार ( Unsocialized conduct disorder) माअनुशासनहिनता, चोर्ने, ढाट्ने, जुवा खेल्ने, दुर्व्यसनि, बिवाह पुर्ब शारीरिक सम्पर्क राख्ने खालकाहुन्छन।यस्ता विकार केटा बच्चाहरुमा ज्यादा देखिन्छ। बच्चा बेलाको तिरस्कार, हेला , अत्यधिक मादक पदार्थे सेवनगर्ने बुवाआमा रआर्थिक बिपन्नताका कारण यस्ता समस्या सुरु हुने गर्दछ।
उपचार: मनोचिकित्सा (Psychotherapy) साथै पारिवारिक परामर्श, निरन्तर स्नेहपुर्वक सामाजिक वातावरण उपलब्ध गराउने, राम्रो काममा प्रोत्सान गर्ने, मानसिक रोग विशेषज्ञको सल्लाहमा औषधि चलाउने।
साइकोसिस ( Psychoses of Childhood)
भन्नाले विभिन्न कडा मानसिकरोगहरूको समूह बुझिन्छ।चिकित्साशास्त्रमा हाल साइकोसिसका विभिन्न प्रकारहरू छुट्याइसकिएको भएतापनि कडा मानसिक रोगहरूलाई समूहगतरूपमा पागलपन या साइकोसिस नै बोलीचालीको भाषामा भन्ने गरिन्छ। यी रोगीहरुले सामाजिक परिप्रेक्षमा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमापनि गडबडी भेटिने र आफ्नो दिमागीअसन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो।
अटिजम(Infantile Autism) :
३० महिना भन्दा कम उमेर देखि यो विकार देखापर्दछ।यस्ता बच्चाहरु एकै प्रकारको अवस्था मनपराउने बाहिरि संसारसंग सम्पर्कमा नआउने अन्तर्मुखी हुन्छन् , भावनात्मक प्रतिक्रिया नभएको सान्तबस्ने अथवा अत्यधिक आवाज गर्ने, चिच्याउने गर्छन्।उनीहरुको बोल्ने शक्ति गम्भीर रुपमा क्षिण भएको हुन्छ।उनिहरुको हेराइ फरक र अनौठो हुनुकासाथै उनिहरुले सजीव र निर्जीव बस्तु छुट्याउन सक्दैनन्।त्यसकारण एकै प्रकारको ब्यावहार गर्ने गर्दछन।
सिम्बायोटिक साइकोसिस :
यस्तो समस्या भएका बच्चाहरु आमासँग अति घनिष्ट हुन्छन।उनिहरुले आफ्नो अस्तित्व नै बिर्सिन्छन।आमासँग छुट्याउन खोजेमा मानसिक लक्षणहरु देखाउँदछन्।
बाल्यकालमा हुने स्किजोफ्रेनिया :
यस्ता समस्या ३० महिनापछि र १२ बर्ष अगाडिसम्ममा देखापर्छ।यस प्रकारको गम्भीर मानसिक रोगमा मानव सम्बन्धमा गहन समस्या हुने , बिचित्रको बानि ब्याहोरा हुने, अनौठो कल्पना हुने गर्दछ। साइकोसिस भएका बच्चाहरुको उपचार जटिल हुने हुनाले समयमै मानसिकरोग विशेषज्ञको परामर्स लिइ निरन्तर उपचार गर्नुपर्ने हुन्छ। Drug Therapy , Psychotherapy , Behaviour Therapy , ECT ( कहिलेकाँही करेण्ट लगाउने )
स्कुल जान नमान्ने ( School Phobia) : यस्तो समस्या भएको बच्चाहरु स्कुल जान नमान्ने स्कुल जान परेमा तनाव महसुसगरि वाकवाकी लाग्ने , वान्ता हुने , पेट दुख्ने गुनासो गर्दछन।
उपचार : बच्चालाइ समयमा नै स्कुल भर्नागर्ने , कुनैपनि गलत बाहाना नसुन्ने , मनोचिकित्सा (Psychotherapy) साथै पारिवारिक परामर्श, ब्यावहारथेरापी ( Behavior Therapy ), मानसिक रोग विशेषज्ञको परामर्श।
पढाइमा सुस्त हुनु ( Scholastic Backwardness ) :
आफ्नो उमेर अनुसार पढाइगर्न नसक्नु यस अन्तर्गत पर्दछन।यस्तो समस्या धेरै कारणले हुने गर्छन जस्तै : मेन्टल रिटार्डेसन , भावनात्मक समस्या , व्यक्तित्व समस्या , आचरण समस्या , सारीरिक समस्या ( जस्तै: आँखा कम देख्नु , कान कम सुन्नु ) , मस्तिस्कको रोग , पेटिटमाल छारेरोग ( जसमा आँखामा कालो मात्र छाँउछ छट्पटाउने र मुखबाट फिँज काड्ने हुदैन ) , समायोजन समस्या , साइकोसिस , एकाग्रताको समस्या।
उपचार: रोग अनुसारको विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने।
टेम्परटेनट्रुम ( Temper Tantrums):
यस्ता बच्चाहरु निरास हुँदा छोटो समयकोलागि हिंसात्मक र उग्र हुने गर्दछन। धेरै स्कुले बच्चाहरुमा सामान्यता यस्तो समस्या देखिएपनि निरन्तर र गम्भीर रुपमा भएमा उपचार गर्नुपर्ने हुन्छ। यदि कुनै बच्चाले केहि पाउन यस्तो गरेको हो भने बेवास्ता गर्ने ।
उपचार: पारिवारिक परामर्श, ब्यावहार थेरापी।
गिल्स डेला टाउरेट्स ( Gilles de la TOURETTES ) रोग :
यस्तो समस्या भएका बच्चाहरुले निरन्तर अनुहार खुम्च्याउने , उफ्रने , थुक्ने , खोक्ने , घाँटी सफा गरेजस्तो गर्ने, भुक्ने , नराम्रो शब्दहरु उच्चारण गरिराख्ने हुन्छन। कतिपयमा स्नायुसम्बन्धि समस्या हुनेगर्दछ भने कतिले ध्यान खिच्न र रिस देखाउन यसो गरेको पाइन्छ। यस्तो समस्या सारीरिक र मानसिक तनावले बढाउने गर्दछ।
उपचार: औसधि जस्तै : हेलोपेरिडोल (Haloperidol), पारिवारिक परामर्श, ब्यावहार थेरापी, मानसिक रोग विशेषज्ञको परामर्श।
बेटर्ड चाइल्ड सिन्ड्रोम( Battered Child Syndrome) : यस्तो समस्यामा बच्चाहरु अभिभावकद्वारा प्रताडित गरिएकोहुन्छ। प्राय ३ बर्ष मुनिका बच्चाहरु यस्तो समस्याका सिकार हुन्छन भने बच्चाहरुलाइ पिट्ने, बिरामी हुँदापनि वास्ता नगर्ने, आधारभूत आवस्यकता पुरा नगरिदिने , हेला गर्ने गरिएकोहुन्छ। यस्तो समस्या हुनुमा कलिला उमेरका आमाबुवा , पारपाचुके , मानसिक रोगि, जड्याहा अथवा दुर्बेसनी अभिभावक , आर्थिक तनाव इत्यादि पर्दछन्।
उपचार : बच्चालाइ चोटपटक लागेकोअथवा मानसिक त्रास देखिए अस्पताल भर्ना गर्ने रअभिभावकलाइ उपचार गर्ने।कतिपय अवस्थामा बच्चालाइ परिवारबाटअलग गर्नुपर्ने हुन्छ।
चाइल्ड गाइडेन्स क्लिनिक ( Child Guidance Clinic) :
यस्तो क्लिनिक बिशेष गरि मानसिकरोग भएका बालबालिकाहरुको लागि तयार गरिएको हुन्छ। बच्चाहरुलाई १ जना बालरोग विशेषज्ञ, १ जना मानसिकरोग विशेषज्ञ, १ जना मानसिक सामाजिक कार्यकर्ता र १ जना साइकोलोजिष्टको टिमले हेर्नुपर्ने हुन्छ।
बच्चाहरुलेआफुलाई सरल रुपमा प्रस्तुत गर्न नसक्नु र हामि सबै दैनिकीमा व्यस्त हुँदा कतिपय समस्याप्रति हामि अनभिज्ञ नै हुने गर्दछौ। यस्ता मानसिकरोग हुँदा बच्चाहरुको बाल विकासमा प्रत्यक्ष असर हुने हुनाले समयमा नै सचेत हुन जरुरी छ।
कन्सल्ट्यान्ट जनरल फिजिसियन डा.लिङ्देन ॐ अस्पतालको वेलनेश क्लिनिकमा कार्यरत छन् ।