वित्तीय साक्षरताकालागि ग्लोबल आइएमई बैंकको साइकल र्‍याली (फोटो फिचर)

ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्‍यालीको आयोजना गर्यो ।

बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहितको साइकल र्याली कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुनस्थित श्री जनउद्धार मा. वि. मा पुगेर सम्पन्न भएको थियो ।

Image may contain: 6 people, outdoor and nature

Image may contain: 5 people, people sitting

र्‍याली समापन समारोहका प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Image may contain: 4 peopleImage may contain: 1 person, standing, beard, hat and outdoor

सोही अबसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।

Image may contain: 8 people

र्‍यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।  –सफल नेपाल, काठमाडौं 


ताजा खबर