विश्व रेडियो दिवस आज विविध कार्यक्रमहरु गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी१३ तारिखका दिन विश्व रेडियो दिवस मनाउन थालिएको हो भने सन् २०११ नोभेम्बर ३ तारिखमा सम्पन्न युनेस्कोको ३६औंसम्मेलनले पनि फेब्रुअरी १३तारिखका दिन रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।त्यसयता हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रमहरु गरीमनाइदै आएको छ । रेडियो दिवस मनाउनुको मुल उदेश्य भनेको यसलाई संचारको महत्वपूर्णमाध्यमका रुपमा सम्मान गर्न, प्रसारकहरुबीचकोअन्तर्राष्ट्रिय समन्वय र सहयोगहरुलाई सुधार गर्न र रेडियोहरुको सूचनाको पहुँचलाई बढावा दिनु हो ।
नेपालमा राणा शासन अन्त्यका लागि संघर्षका शिलसिलामा जनतालाई शुसुचित गराउनविक्रम सम्बत् २००३ सालमा गोप्य रुपमा रेडियो प्रसारण थालिएको थियो । तर २००७ सालमंसिर २८ गतेदेखि मात्रै नेपालमा औपचारिक रुपमा प्रजातन्त्र रेडियोका नाममा रेडियोप्रशारण शुरु भएको हो । निजी क्षेत्रबाट एफएम रेडियोले भने २०५२ सालदेखि प्रशारणगरेको हो । नेपालको सन्दर्भमा रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम बनेको छ, किनकियतिबेला ७४ जिल्लामा एफएम रेडियोहरु स्थापना भएर प्रशारण गरिरहेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अहिले इजाजत प्राप्तरेडियोको संख्या ५ सय ९३ र नियमित प्रसारणमा रहेका रेडियोको संख्या ५ सयभन्दा बढि रहेको छ । अधिकांश रेडियोहरुमा समाचारर सूचनामुलक कार्यक्रमहरु प्रशारण हुने गरेकाछन् । साथसाथै रेडियोबाट प्रसारितहुने मनोरन्जनात्मक कार्यक्रमहरु पनि निकै लोकप्रिय छन् । अहिले देशभरकारेडियोहरुमा झण्डै ८० प्रकारका भाषाभाषी कार्यक्रमहरु प्रसारण हुँदै आएको तथ्यांकछ । गाउँघरमा चेतना र जागरुकताको भरपर्दो सारथी रेडियोलाई नै मानिन्छ ।
विश्वको रेडियो प्रसारणको इतिहाँसमा ९५ वर्ष पुगेको छ भने नेपालमा ६६ वर्षपूरा भएको छ । रेडियो दिवसका अवसरमा सूचना र अधिकारको क्षेत्रमा कार्यरत विभिन्नसंघसंस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गर्दैछन् । पछिल्ला दिनमा रेडियोको पहुँच बढेको देखिए पनि लोडसेडिङ, आर्थिक समस्या, स्पष्ट विज्ञापन नीतिको अभाव र स्वयं रेडियोहरु उचित आन्तरिक व्यवस्थापनको समस्याबाट गुज्रिएका छन् ।