माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदै

विद्याकी अधिष्ठात्री, ज्ञान, विज्ञान र कलाकी साक्षात् देवी,साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति- परा एवं अपरा शिक्षा साधक, वाद्ययन्त्रका वादक, शिल्प प्रवीणहरुका आराध्य माता, हिन्दु संस्कृतिकीयुगौंदेखिकी सम्मान्या र सम्पूज्या माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदैछ । आज देशभरका विद्यालय-महाविद्यालय, विश्वविद्यालय र सरस्वती माताकामन्दिरहरु सिंगारिएका छन् र त्यहाँ पुजाका लागि घुँइचो छ ।

वेदमा जलदेवी, जैन धर्ममा श्रुतिदेवी, बौद्ध धर्ममा ‘प्रज्ञा देवी’ भनेरआज सरस्वतीको पूजा अर्चना गरिन्छ । श्री पञ्चमीलाई वसन्त पञ्चमी, माघी पञ्चमी, सरस्वतीपूजाका नामले पनि सम्बोधनगरिन्छ । वर्षभरीका पञ्चमीहरु मध्ये सवैभन्दा श्रेष्ठ र गूरु श्री पञ्चमीलाईमानिन्छ । ‘श्री’ शब्द जोडिएको र सन्तवसन्ततिर मोडिएको हुँदा सबै पञ्चमीहरु मध्ये श्रीपञ्चमी उदात्त र पावन धार्मिक दिनहो । श्री पञ्चमीकै दिनबाट वसन्त ऋतु शुरु हुने भएकोले वसन्त पञ्चमी भनिएको हो ।त्यसैले आजको पवित्र दिनलाई वसन्त पञ्चमीका नामले सम्मान र श्रद्धा गरिन्छ ।

‘श्री’ भन्नाले विद्या,बुद्धि, सम्पन्नता, रुप रगुण, आदिशक्ति वा पूर्णताद्वारा झल्कने शोभा, कान्ति वा दीप्ति हो भने ‘पञ्चमी’- चान्द्रमासका आधारमा प्रत्येक महिनामा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पवित्रपाँचौ दिन हो । श्री पञ्चमी अभिनव वसन्तको सिर्जनशिलता र पुण्य तिथि भएकाले यस दिनबाटपुस्तक, कलम, कापी, शिल्पकलाका औजारहरु र वाद्ययन्त्रहरुको पूजाआजा गरिन्छ । शिक्षा जीवनलाईपरिस्कृत पार्ने प्राञ्जल भएकाले आजको दिनलाई नयाँ सिकाई शुरु गर्ने दिनको रुपमापनि लिइन्छ । विवाह, ब्रतवन्ध, नाक–कान छेड्ने, बहर दाउने, नयाँतन्त्रमन्त्र सिक्ने र समग्र शिक्षा शुरुवातको दिन मानिन्छ । आजै शिशुहरुलाई बाह्रखरीसिकाउने र लेखाउने चलन रहेको छ । स्मरण शक्ति तेज होस् भनेर सरस्वती पूजामा प्रयोग गरिएका अक्षताका सात दानालाई दाँतले नछुने गरी बालबालिकाहरुलाई निल्नलगाउने प्रचलन पनि रहेको पाइन्छ ।

आज बालबालिका तथा सवै तहका विद्यार्थीहरुले विहानै उठि नुहाई धुवाई गरी शुद्ध भई आफु अध्ययनरत शिक्षालयमा पुगेर विद्याको भिक्षा माग्दैमाता सरस्वतीको पूजा आराधना गर्दछन् । धार्मिक शास्त्रहरुमा पनि ब्रम्हा, विष्णु, महेश्वर, बाल्मिकी, व्यास, नारद र याज्ञवादक्य आदि भगवान तथा ऋषिमुनीहरुले पनि माता सरस्वतीको पूजा आराधना गरी ज्ञान प्राप्त गरेका प्रसंगहरु उल्लेख छन् ।

सरस्वतीका चारवटा हातहरु मध्ये दुईवटा हातमा पुस्तक तथा माला रहेको छ भने दुईवटा हातमा वीणामा रहेको छ । अगाडिका दुई हातलेभौतिक संसारमा देवीको गतिविधी र पछाडिका हातले आध्यात्मिक संसारसंग सम्बन्ध रहेको बुझाउँछ । दायाँपटिका हातले मनमानस र बायाँपटिका हातले बौद्धिकता तथा वातानुकूलचेतना बुझाउँदछ । सरस्वतीको बहानका रुपमा दुध र पानीको मिश्रणबाट दुध मात्र निकालेर खान सक्ने क्षमता राख्ने भेदभावरहित, शक्ति,निष्पक्षता,शुद्धता, असल र खराबको बीचको भेदलाई हटाउन सक्ने तथा ज्ञानको महत्वको प्रतिकात्मक पन्छी हाँसरहेको छ । त्यहि भएर सरस्वतीलाई हंसबाहिनी पनि भनिन्छ ।

‘या कुन्देन्दुतुषारहारधवला याशुभ्रवस्त्राभृता ।

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।

या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिताः ।

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।’

अर्थात् जो कुन्दको फूल, चन्द्रमा,हिउँ र हारहरुका समान सुन्दर छिन्, जसले सधैसेता कपडामात्र पहिरिन्छिन्, जसको हात उत्तम वीणाले सुशोभितछ, जो सेतो कमलको आसन माथि बस्दछिन्,त्रिदेवहरु जसको सधै स्तुतिगान गर्दछन्, जसले सबै किसिमकोजडतालाई हर्दछिन् त्यस्ती सरस्वतीले मेरो पालन गरुन् भन्दै आज शारदा सरस्वतीकोसंस्मण मन्त्रोच्चारण गर्दै गरिन्छ । हिन्दु धर्म अनुसार श्री पञ्चमी विद्याकी देवी सरस्वतीको आराधनाले अशिक्षा र अज्ञानताको अँध्यारो समाप्त भई ज्ञानकोउज्यालोतर्फ उन्मुख गराउँदछ । सरस्वती शब्द आफैं नितान्तअर्थपूर्ण र भावपूर्ण रहेको छ । सरस्वती हार्दिकतापूर्ण रसवती हुन् । सरस+वतीमिलेर सरस्वती शब्द बनेको हो । सरसवती भएकैले सरस्वती बनेकी हुन् ।


ताजा खबर