१.शारांसः
धर्म मानिसको आस्था, विचार र विश्वासको साझा भावना र साझा अभिव्यक्ति हो । हाम्रा हरेक क्रियाकलापहरु आस्था र विश्वासबाट परिचालित हुन्छन् । धर्म मानेर मानिने र नमानेर नमानिने विषय होइन । धर्मको सम्बन्ध मानिसको आचरणसँग हुन्छ । आपसी विश्वास शान्ति, सद्भाव, सहयोग, एकता र समझदारीपुर्ण व्यवहारका लागि धर्म अपरिहार्य हुन्छ । धर्म नै मानव कल्याण र विश्व शान्तिको आधार हो । संसारका सबै मानिस कुनै न कुनै धर्मद्वारा निर्देशित भएका हुन्छन् । धर्म नै नमान्ने कुनै मानिस हुँदैन । सबै धर्मको सार एउटै छ र त्यो हो सेवाभाव अर्थात मानव सेवा । सेवाभाव नै नभएको मानिस हुँदैन । यो मानिस मात्रको विशिष्ट गुण हो । शक्ति सबै प्राणीसँग हुन्छ तर विवेक मानिससँग मात्र हुन्छ । मानिस त्यही विवेकद्वारा निर्देशित हुन्छ । मानिसले शरीर अनुसार कुुनै पनि क्रिया गर्दैन । बुद्धि, विवेक र विश्वासद्वारा मानिस जीवनका विभिन्न क्षेत्रमा क्रियाशील हुन्छ । आफुलाई पूूरै धार्मिक हुँ भनेर धाक लगाउनेले पनि सही रुपमा धर्मको पालना गर्न सकिरहेको हुँदैन । म त नास्तिक मान्छे धर्मकर्म थाहा छैन भनेर पन्छिनेले पनि धर्मको बाटो छोडिसकेको हुँदैन किनभने धर्मबिना जीवन चल्नै सक्दैन । धर्मबिना जीवन सम्भव नै छैन । मानव जीवनमा धर्म जोडिएर आएको छ । धर्म मान्छुु भनेर मानिने र छोड्छुु भनेर छोडिने विषय होइन । नजान्दा नजान्दै पनि, नमान्दा नमान्दै पनि हामी धर्मको अधीनमा छौं । धर्म अनुसार आचरण नगरेर सुखै छैन । अनिवार्य छ । सर्वस्वीकार्य छ । फरक यति छ कि मानिसहरु आ–आफ्नो सुविधा र विश्वास अनुसार विभिन्न धर्ममाथि विश्वास गर्दछन् । विभिन्न मार्गमा चल्दछन् । विश्वास फरक हुुन सक्छ । धर्म फरक हुँदैन । धर्म सार्वभौम मानवीय मूूल्य हो । धर्म मानवीय वस्तुु हो । वास्तवमा धर्म भन्ने कुरा मानवमा मात्र हुन्छ ।
२. विषय प्रवेशः
धर्मका बारेमा अनेक मतहरु छन् । धर्मका नाममा मानिसहरु विभाजित छन् । ईश्वर भक्ति, ईश्वर गान र स्तुतिलाई धर्म मान्ने अन्धाहरु प्नि यही हामी बसेकै संसारमा छन् । आचरणबिनाको धर्मको ढ्वाङ फुुक्नेहरु पनि छन् । धर्मका नाममा मानवता विरोधी कर्म गर्ने तथाकथित पण्डितहरु प्नि छन् । आम मानिसलाई धर्म जे हो भनिएको छ वास्तवमा धर्म त्यो होइन । धर्मका बारेमा जनतालाई सही र यथार्य कुरा सिकाइएकै छैन । धर्मका नाममा देखावटी आडम्बर र खोक्रो स्वाङलाई महत्व दिनाले वास्तविकता ओझेलमा पर्न गएको छ । धर्म त्यस्तो जटिल र बुुझ्न नसकिने कठिन विषय होइन । सरल रुपमा धर्मको अभिप्राय बुुझ्न सकिन्छ । यो लेखमा सरल रुपमा धर्मको अभिप्राय व्यक्त गर्ने प्रयास गरिएको छ ।
३. धर्मको शाब्दिक अर्थः
व्यक्ति वा वस्तुुमा सधैं रहिरहने गुण वा स्वभाव नै धर्म हो । धर्मलाई स्वर्ग प्राप्त गर्न सकिने विश्वास गरिएको पुण्य कार्यको रुपमा पनि लिइन्छ । मूलतः धर्म असल कार्य हो । मानिसको प्रमुख कर्तव्य हो । मानिसको आचरण हो । अंग्रेजीमा धर्मलाई “Religion ” भनिन्छ । Religion को अर्थ यसरी खुलाइएको छ । virtue, vision, duty, justice . The belief of the existence of a God and the activities that are connected with worship of them . A particular interest or influence that is very important in a life यसरी हेर्दा शाब्दिक रुपमा पनि धर्मका दुुई ओटा अभिप्राय रहेको देखिन्छ । साधारण अर्थ र विशिष्ट अर्थ । धर्मको सामान्य अर्थ हो गुण वा स्वभाव र विशिष्ट अर्थ हो ईश्वर प्राप्तिको बाटो अर्थात असल कार्य, असल कर्तव्य र पुण्य कार्य । पछिल्लो मत अनुसार धर्मको अभिप्राय त्यो हो जसबाट ईश्वरसम्म पुुग्न सकिन्छ । ईश्वरलाई प्राप्त गर्न सकिन्छ । ईश्वरको प्यारो हुन सकिन्छ । यो लोकमा दुःख छ र यहाँ सधैं हुने नै त्यही दुःख हो । दुखबाट मुक्त हुनका लागि धर्मको साहारा लिनुपर्छ । धर्म त्यो माध्यम हो जसले दुःखको विनाश गरिदिन्छ र मानव जीवनमा खुसीयाली ल्याइदिन्छ । मुुक्ति पाउनका लागि ईश्वरको लोकमा पुुग्नु अनिवार्य हुुन्छ । असल कर्मद्वारा मात्र ईश्वरलाई प्राप्त गर्न सकिन्छ । मानव जीवन नै असल कर्म गर्नका लागि प्राप्त भएको हो । जसले असल कर्म गर्न जान्दैन वा जानेर पनि खराब कर्मतिर मन दिन्छ त्यो ईश्वरको प्रिय हुन सक्दैन । धर्मले जीवनको कर्तव्य र दायित्व के हो भन्ने स्मरण गराउँछ । धर्म मानिसको आचरण हो । धर्म मानिसको सवभाव र विशेषता हो । मानव धर्म त्यही हो जसले मानिसलाई असल र इमान्दार भएर आफ्नो दायित्व र कर्तव्य पूरा गर्न निर्देशित गर्दछ । धर्मलाई कुनै नाममा परिचित गराइरहनु आवश्यक छैन तर यहाँ मानिसले धर्मका विभिन्न नाम दिएका छन् । जसलाई जुन नाम मन पर्छ । जसलाई जुन नाममा विश्वास छ । जो जुन मार्गमा हिँड्न चाहन्छ त्यो उसको स्वतन्त्रता र खुसीको कुरा हो । यसमा धर्मको लेनदेन छैन । धर्म साझा विषय हो र यो आम धारणा पनि हो । जनविश्वासद्वारा धर्मले निश्चित बाटो अवलम्बन गर्दछ । धर्म जीवनको बाटो हो । जीवनभर हामी त्यही बाटोमा हिँडिरहेका हुन्र्छौं । धर्मबिना कुनै बाटो नै छैन । शास्त्रीय पण्डितहरुले धर्मको गलत व्याख्या र विश्लेषण गरदिएर भ्रम उत्पन्न गराइदिएका छन् जसलाई सफा बनाएर जनसाधारणलाई सही धार्मिक शिक्षा दिनु आवश्यक छ । शास्त्रीय पण्डितहरुले भने जस्तो धर्म भनेको पूूजा पाठ र केबल जपतप मात्र होइन । गीता पाठ गर्नुु अर्थ नबुुझिकन । त्यो धर्म होइन । संस्कृत शब्दको अर्थ नजानिकन पुुराणको पाठ मात्र सुनेर धर्म हुँदैन । धर्म केवल विधि मात्र होइन, व्यवहार पनि हो । जुन कुरा व्यवहारमा प्रकट हुन सक्दैन त्यो धर्म होइन । शास्त्रको मत अनुसारको आचरण गर्न नसक्नेले जतिसुकै ठूलो चन्दन लगाए पनि त्यो स्वाङ मात्र हो, धर्म होइन । भाव नबुुझिकन हजार हजार पटक भागवत पाठ पारायण गरे पनि केही लाभ हुने होइन । यो त मानिसको देखावटी आडम्बर र बडप्पनवादी रबैया मात्र हो ।
४.सनातन धर्मः
सनातनको अर्थ हुन्छ धेरै अघिदेखि चलिआएको, परापूर्वदेखिको, प्राचीन, कहिल्यै नाश नहुने, अविनाशी, शाश्वत, नित्य, धेरै पहिलेदेखि चलिआएको व्यवहार, अनादि काल, परापूर्व र सनातन धर्मको अर्थ हो आर्य समाजमा धेरै पहिलादेखि चलिआएको मानवीय धर्म । वेद, पुराण, तन्त्रमन्त्र, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलिआएको हिन्दू धर्म । वास्तवमा सनातन त्यसलाई भनिन्छ जसको आदिअनादि केही पनि छैन । जसको कहिल्यै अन्त्य छैन, जो परापूर्व कालदेखि चलिआएको हो । सनातन र धर्मको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । परापूर्व कालदेखि चल्दै आएको धर्म र संस्कृति नै सनातन धर्म हो । हिन्दू धर्म सनातन धर्म हो भनिन्छ र हामीहरु सनातनी हिन्दू धर्मावलम्बी हौं । यो पूर्खाको धर्म हो, यो अति प्राचीन धर्म हो । यसको सुरुवात कहिले भयो त्यसको कुनै इतिहास छैन । यसका संस्थापक को हुन् त्यसको कुनै इतिहास छैन । यो त्यही धर्म हो जुन मानव समाजमा आदि कालदेखि अविछिन्न रुपमा चल्दै आएको छ । यो त्यही धर्म हो जसबाट संसारका अन्यान्य धर्मका सिद्धान्तहरु प्रतिपादन भएका छन् ।
५.हिन्दू धर्म र जातभातको प्रथाः
हिन्दू आर्य समाजमा प्रचलित सभ्यता हो । प्राचीन वैदिक समाजमा जातभातको कुनै व्यवस्था थिएन । प्राचीन आर्य समाजमा जात प्रधान थिएन । कर्म प्रधान थियो । कर्मका आधारमा नै मानिस परिचित थियो । जम्मा जम्मी दुई जात मात्र थिए– आर्य र अनार्य । आर्य भनेको सभ्य र अनार्य भनेको असभ्य जात हो । यो बाहेक अरु जात थिएन । पछि शासकहरुले शासन गर्न सुविधा होस् भनेर धर्मको आडमा जात विभाजन गरिदिए र चलाख ब्राम्हणहरुले आफूलाई श्रेष्ठ देखाउन नचाहिँदा कुरा थोपरिदिए । जनसाधारण अशिक्षित हुनाले शासकले जे लगाइदिए चुपचाप त्यसलाई स्वीकार गरेर बसिदिए । आर्य समाजमा प्रचलित धर्म नै सनातन धर्म हो । आर्यहरु हिन्दूका नामबाट चिनिएकाले आर्य हिन्दूले विश्वास गर्ने यो सनातन धर्म नै हिन्दू धर्मका नाममा परिचित भयो । प्राचीन आर्य समाज संन्सारको सबभन्दा उन्नत, शिक्षित र सभ्य समाज थियो । प्राचीन आर्यहरुले निमार्ण गरेको सभ्यतालाई नै पूर्वीय सभ्यता र संस्कृति भनिन्छ । धेरै पछिसम्म चल्दै आएपछि संस्कृतिमा केही कुरा थपिन्छन् र पुराना केही कुरा छोडिन्छन् । कतिपय राम्रा कुरा छोडिए । कतिपय नराम्रा कुरा पनि थपिन आए । हिन्दू धर्म र संस्कृतिसँग जातभात जोडेर चलाइएको वर्तमान सभ्यतामा असल मनासय देखिँदैन । भारतीय आर्यहरुले जातभातको चलन चलाएका हुन् । मल्ल कालमा राजा जयस्थिति मल्लले भारतीय समाजबाट जातभातको चलन आयात गरेका हुन् । यो स्वयम् विकसित चलन होइन । आयातित चलन हो । हिन्दूहरुले आधुनिक हुन चाहने हो भने जातभात सम्बन्धी दृष्टिकोण परिवर्तन गर्नु आवश्यक हुन्छ । समाजमा जुन कुराले गहिरोसँग जरा गाडेर बसेको हुन्छ त्यो सजिलै मेटिँदैन । भारतमा क्रिस्चियन अंग्रेज शासकले समेत हिन्दू समाजमा प्रचलित जातभातको प्रथा हटाउन सकेन । छुुवाछुतको धारणा गलत छ । छोएको खाएर वा नखाएर पाप र धर्म हुँदैन । वर्तमान हिन्दू समाजबाट जातभातको प्रथा हटाउन सके मानिस मानिसबीचको विभेद निकै कम हुने थियो ।
६. हिन्दू धर्म शास्त्रहरुको गलत व्याख्याः
हिन्दू धर्मको तुलनामा अर्को कुनै धर्म नै छैन । यो भन्दा श्रेष्ठतर अर्को धर्म पनि कुनै छैन । हिन्दू धर्म सबै धर्महरुको जननी धर्म हो । प्राचीन सनातन धर्म भएका नाताले सबै धर्ममा हिन्दू धर्मको प्रभाव छ । प्राचीन आर्य सभ्यता विश्वको गौरव हो । हिन्दू धर्मको अभूतपूर्व दार्शनिक महत्व रहेको छ । ज्ञान र विज्ञानका क्षेत्रमा पूर्वीय दर्शन अद्वितीय रहेको छ । वेद उपनिशद पुुराण आदि मूल ग्रन्थहरु संस्कृत भाषामा रचना गरिएका छन् । संस्कृत भाषाको ज्ञान जनसाधारणसँग नभएकाले धर्मशास्त्रको ज्ञान जनतासँग छैन । तथाकथित पण्डितहरुले धर्मशास्त्रको आफुखुसी व्याख्या गरिदिएकाले जनसाधारणले सही धार्मिक शिक्षा पाउन सकेका छैनन् । भाषिक कठिनाइका कारणले जनसाधारण आफैंले धार्मिक ग्रन्थको भाव बुझ्न सक्दैनन् । पैसा पैसामा बोल्ने पण्डित वर्गले शास्त्रलाई ठगिखाने भाँडो बनाइदिएका छन् । जसका कारण हिन्दू धर्मशास्त्रहरुमा लुकेर रहेको अनन्त ज्ञान ओझेलमा परेर रहेको छ । पुराण श्रवण गरे मात्र पुुग्छ भन्नुु । पाठपारायण गरे पाप मुुक्त होइन्छ भन्नुु । धनी भए पनि ब्राम्हणलाई दान दिइरहनुपर्छ भन्नुु । अर्थ नबुुझाई सातै दिनमा पुुराण वाचन गरिसक्नुु । गीता पाठ मात्रै गरे पुुग्छ भन्नु । भाव नबुुझाउनुु । आचरणमा ध्यान नदिनुु । माला जपेर मात्र धर्म हुन्छ भन्नुु । कर्मको महत्व नबुुझाउनुु । चोखोनिधो सफा सुघर भए सबै थोक हुन्छ भन्ने भ्रम सिर्जना गर्नुु । तल्लो जातकालाई हेला गर्नुु । धर्मशास्त्रको गलत व्याख्याका परिणाम हुन् यी । पण्डित वर्गले सही व्याख्या नगरिदिनाले र नाम मात्रैका पण्डितले शास्त्रको तथाकथित प्रवचन गरिदिनाले जनसाधारणमा भ्रम सिर्जना भएको छ । अचेलका गाउँघरे पण्डित कस्ता पनि छन् भने ती आफैं शास्त्रको मर्म बुुझ्दैनन् तर व्यासाशनमा पलेटी कसेर बस्छन् र शास्त्रको अपुर्ण व्याख्या गर्छन् र शास्त्रको व्याख्या गर्न पनि बाहुन कै छोरो हुनुुपर्छ । बाहुन पनि उपाध्याय नै हुनुपर्छ । जैसीले हुँदैन । शास्त्र पनि जातको पेवा हुन्छ त ? फेरि ती गाउँले पण्डितको शैली कस्तो हुन्छ भने तिनले कुनै कथा भन्न लागे भने सबै घटनाको प्रत्यक्षदर्शी आफैं भए जस्तो गरी पो कथा सुनाउँछन् त । कथाहरु कथा मात्र हुन्, तिनमा सत्यता थोरै हुन्छ तर पनि तिनमा जुन भाव हुन्छ त्यसको सान्दर्भिकता बुुझ्नुु र बुुझाउनुु पर्छ ।
६. हिन्दूू धर्मशास्त्रमा के छ ?
वेद,उपनिशद र पुराण हिन्दूूहरुका प्रमुख धार्मिक ग्रन्थ हुन् । वेदलाई ईश्वरको वचन मानिएको छ । वेद सबै शास्त्रको मुहान हो । पुुराण कथा र गाथाहरुको सङग्रह हो । उपनिशदले वेद शास्त्रकै प्रतिनिधित्व गर्दछन् । प्राचीन ऋषिमुनिहरुको मगजको उपजका रुपमा यी शास्त्रहरु खडा भएका हुन् । भनिन्छ वेद व्यासबाट अठार पुराणको रचना भएको हो । पुुराण लगायतका ग्रन्थहरुमा तत्कालीन समाज व्यवस्थाको यथार्थ चित्रण गरिएको छ । सबै शास्त्रहरुले दुःखबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने तर्क प्रस्तुत गरेका छन् । आध्यात्मिक उन्नति वास्तविक उन्नति हो । भौतिक उन्नति जति गरे पनि मानव जीवन सुखमय हुन सक्दैन । जीवनमा सुख प्राप्तिका लागि आध्यात्मिक बाटो एक मात्र उपाय हो भन्ने मत नै शास्त्रको विचार हो ।
श्रीमद्भगवत गीतालाई सबै शास्त्रहरुको सार मानिएको छ । गीता महात्म्यमा भनिएको छ –
“सर्वोपनिशदो गावो दोग्धा गोपालनन्दनः ।
पार्थो वत्सः सुधीर्भोक्ता दुुग्धं गीतामृतं महत् ।।”
यो भगवत् गीता कृष्ण र अर्जुुनको संवादका रुपमा रहेको छ । कृष्णले अर्जुुनलाई नै किन गीता सुनाउनुु प¥यो भन्दा उनी भगवानका परम भक्त थिए । मित्र तथा कुशल लडाकुु पनि थिए । अर्जुुन त्यस समयका सबैभन्दा चतुर प्रतिभाशाली क्षमतावान मानिस थिए । यसकारण भगवानले अर्जुुनलाई नै रोजेका थिए । भगवत गीताबाट साभार गरिएका केही धार्मिक सन्दर्भहरु यहाँ प्रस्तुुत गरिएको छ । भगवान नै सम्पूूर्ण आध्यात्मिक तथा भौतिक जगतको उत्पतिको श्रोत हुनुुहुुन्छ । हरेक वस्तुु भगवानले सृष्टि गरेका हुन् । कम बुुद्धि भएका मानिसहरुले देवताबाट अनुुग्रह पाउने आशा गर्दछन् । अनि त्यस्ता वस्तुुहरु प्राप्त गर्छन् जुन अस्थायी हुन्छन् । मृृत्युुका बेलामा ती सबै खोसिन्छन् । संसारका सबै भौतिक क्रियाकलापहरु प्रकृतिका तीन गुणहरुका अधीनमा सञ्चालित हुने गर्छन् । प्रकृतिका गुणहरु भगवानबाट नै उत्पन्न भएका हुुन् । योगीहरुले आफ्नो शरीर त्याग गर्ने समय र स्थानको व्यवस्था गर्न सक्छन् । मर्नेबेलामा जीवद्वारा विकसित चेतनाले उसलाई आगामी शरीरमा लैजान्छ । यदि जीवले आफ्नो चेतनालाई पशुु जस्तो बनाइराखेको छ भने उसले पशुको शरीर पाउँदछ । श्रद्धालुु भक्तजनले सर्वप्रथम भगवानका बारेमा सुुन्न सत्सङग गर्नुुपर्छ । सत्सङगबाट मानिस बिस्तारै प्रबुुद्ध बन्दै जान्छ । गुुरु सुुयोग्य हुुनुुपर्छ । यो शरीर पदार्थ हो । शरीर स्थल अभिव्यक्ति हो । नारीको पुुरुषप्रति र पुुरुषको नारीप्रति आकर्षण हुन्छ । पुुरुष र नारीको पारस्परिक आकर्षणबाट रजोगुुण उतपन्न हुुन्छ । ज्ञानबाट सतोगुण उत्पन्न हुन्छ । अज्ञानताबाट तमोगुुण उत्पन्न हुुन्छ । सतोगुुणबाट ज्ञान, रजोगुुणबाट लोभ र तमोगुुणबाट मूूर्खता प्राप्त हुुन्छ । सतोगुणी मानिसहरुले मृत्युु पश्चात उच्च लोक प्राप्त गर्दछन् । तमोगुण प्राप्त गर्ने मानिसले सकाम कर्मका बीचमा जन्म लिन्छ । तमोगुुणवालाले पशुु जगतमा जन्म लिन्छ । भौतिक शरीरसँग सम्बन्धित प्रकृतिका यी तीन गुुणहरुलाई पार गर्न सक्ने मानिस जन्म मृत्युु बुुढ्याइँ र त्यसबाट हुने कष्टबाट मुुक्त हुुन्छ । परमेश्वरप्रतिको श्रद्धाबिना यज्ञ दान तप जे गरे पनि त्यो अस्थायी हुुन्छ । यस जन्म र परजन्म दुुबैका लागि व्यर्थ हुुन्छ । यज्ञ दान तपस्या जस्ता कर्महरु त्याग गर्नुु हुँदैन । फलको कुुनै आशा नराखीकन आशक्तिरहित भएर यी सबै कर्महरु गर्नुुपर्दछ । सबै कर्महरु कर्तव्यका विषय हुुन् । जो मिथ्या अहङकारबाट प्रेरित हुँदैन , जसको बुुद्धि आशक्त छैन त्यसले यो संसारमा मानिसलाई मारेर पनि नमारेको जस्तो हुुन्छ । ऊ आफ्नो कर्मद्वारा पनि बाँधिदैन । शान्तिमयता, आत्मसंयमता, तपस्या, पवित्रता, सहनशीलता, इमानदारिता, ज्ञान विज्ञान र धार्मिकता यी ब्रामहणका स्वभाविक गुुण हुन् । मानिस कुुकुर बिरालो जस्तै लडाइँ गरेर मर्न जन्मिएको होइन । मानिसले मानव जीवनको महत्व बुुझ्नुपर्छ । मानिसले सामान्य पशुले जस्तो आचरण गर्नुहुुँदैन । एउटा पशुुले अर्को पशुुको हत्या गर्छ भने त्यसमा कुनै पाप लाग्दैन । मानिसले मासुु खाने उद्देश्यले कुुनै पशुको हत्या गर्छ भने त्यसले प्रकृतिको नियम तोडेको दायित्व बहन गर्नुुपर्छ । संसारका प्रत्येक पदार्थ क्षणिक छन् । उत्पन्न हुुन्छन् । केही समय रहन्छन् र हराउँछन् । यो क्षणिक संसारभन्दा पर अर्कै संसार छ । जसको बारेमा हामीलाई जानकारी छैन । त्यस संसारको प्रकृति पनि अर्कै छ । प्रकृति सनातन छ । जीवहरु सनातन छन् । सनातन धाममा फर्केर जीवात्माको परमेश्वरसँग संयुुक्त संगति हुनुु नै मानव जीवनको पुर्णता हो । सबै जीवहरु भगवान कै सन्तान हुुन् । सनातन धर्म कुनै पनि साम्प्रदायिक धर्मको स्वरुप होइन । सनातन धर्म जीवको शश्वत अङ्ग हो । सनातन धर्म यस संसारको मात्र नभई समस्त जीवहरुको धर्म हो । सनातन धर्मको इतिहासमा कुनै प्रारम्भिक बिन्दुु छैन ।
७. निष्कर्षः
देशको विकास गर्ने कुरा गरौं । देशको मुहार कसरी फेर्न सकिन्छ त्यसको परिकल्पना गरौं । जनतालाई कसरी सुखी सम्पन्न बनाउन सकिन्छ त्यसको परिकल्पना गरौं । बेकारमा जातका कुरा नगरौं । अब हामी भातका कुरा नगरौं । उचनिचका कुरा पनि नगरौं । यी सामन्ती युुगका कुरा थिए । सामन्तका दिन गए । जनतालाई आधुनिक विचारबाट सुशिक्षित बनाउनु पर्छ । लोकतन्त्रकालीन समाजमा हक अधिकारका कुरा मात्र सान्दर्भिक हुन्छन् । विकास र उन्नतिका कुरा उपयुक्त हुन्छन् । तिनै कुरा गरौं । यिनै विचारमा मन्थन गरौं । फेरि के पनि होइन भने लोकतन्त्र भन्दैमा सबै धर्म शास्त्रहरु जलाइदिनुु पर्छ । यस्तो पनि हुन सक्दैन । धार्मिक सिद्धान्तहरु हाम्रा जीवनका आधार हुन् । तर, धर्म शास्त्रको मर्यादाको नाममा मानिसलाई सधैंभरि दास बनाइराख्ने कुविचारबाट समाज मुक्त हुनुु आवश्यक हुन्छ । धार्मिक अन्धविश्वासबाट मानिस मुक्त हुनुु आवश्यक छ । ठिकै छ धर्मका कुरा पनि गरौं । आचरणका कुरा पनि गरौं । धर्मले निर्देश गरे अनुसारको आचरण गरौं । शुुद्ध आचरणमा बस्न नसक्नेले धर्मको बखान नगरौं । दिउँसो दिउँसो सदाचारको प्रवचन गर्ने राति राति परस्त्री गमन गर्ने । यस्तो इच्छा पालेर नबसौं । आफ्नै अनुुयायीमाथि यौन दुुव्र्यवहारको प्रयास नगरौं । हाकिमहरुले आफ्नै महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको प्रयास नगरौं । वास्तवमा असल स्वभाव, बानी, व्यवहार र आचरण नै धर्म हो । सबै मानिस आफ्ना स्थानमा समान छन् । सबैको बराबर सम्मान छ । हक अधिकार इज्जत मान प्रतिष्ठा बराबर छ । कुनै पनि नाममा मानिस मानिसमा विभेद गर्न मिल्दैन । मानिस कोही पनि सानो ठूलो हुुँदैन । भगवानले जातभातको प्रथा बसाल्नुु भएको होइन । मानिसले आफ्ना फाइदाका लागि निकालेको काइदा हो जातभातको प्रथा । यो मानव जीवन फेरि दोहोरिएर आउँदैन । एक बारको जुुनी । केही गर्नका लागि हो । जीवन भन्नु नै कार्यभार हो । हामी सबैसँग कुनै न कुनै कार्यभार छ आफ्नो आफ्नो भागको त्यही कार्यभार पूरा गर्नुु नै मानव धर्म हो । शास्त्रको सार भागवत गीता हो । भागवत गीताको पनि सार छ । त्यो सार यही हो कि मानिसले सबै धर्मलाई त्यागेर भए पनि कर्तव्यको पालना गर्ने गराउने कुरामा यदि धर्म बाधक हुन्छ भने पनि धर्मलाई त्यागेर आफ्नो कर्तव्यमा डटिरहनुु पर्छ । कर्तव्यबाट भाग्नुु धर्म होइन । भगवान कृष्ण भन्नुु हुुन्छः
सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज ।
अहम् त्वा सर्वपापेभ्यो मोक्षयिश्यामी माशुच ।।
धर्मभन्दा कर्तव्य ठूलो हुन्छ । समय यस्तो पनि आउँछ कि मानिसले धर्मलाई पनि त्याग्न सक्नुुपर्छ जब धर्मभन्दा अरु नै केही विषय महत्वपुर्ण हुन्छ । हेर्दा अधर्म जस्तो देखिए पनि कुनै कुनै कर्तव्य यस्ता पनि हुन्छन् जुन धर्मभन्दा पनि महत्वपूूर्ण हुन्छन् । भगवान कृष्णले स्पष्ट रुपमा भन्नुु भएको छ कि कर्तव्य पूूरा गर्ने कुरा धर्मभन्दा धेरै गुणा महत्वपूूर्ण हुन्छ । कृष्ण अर्जनलाई भन्नुु हुन्छ ः तिमी कर्तव्य पूरा गर्दै जाऊ । पाप लाग्ने अवस्थामा म त्यसको भार आफैं लिन्छुु । पाप तिमीलाई लाग्दैन । अतः जीवनमा कर्तव्यभन्दा धर्म वा नीति ठूलो हुन सक्दैन । धर्म धनेकै मानव कर्तव्य हो । कर्तव्यबाट च्यूूत भएर मानिस महान् हुन सक्दैन । कर्म गर्नमा पनि तिमी त्यसरी नै महान् बन जस्तो तिमी विचारमा महान् छौ ।