ठुलो आन्द्राको क्यान्सर सुरुवाती लक्षण भनेको दिसामा रगत देखिनु हो । ५० वर्ष माथिको उमेर समूहका मानिसमा ठुलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी देखिन्छ । तर परिवारको कुनै सदस्यमा ठूलो आन्द्राको क्यान्सर देखिएको छ भने यो क्यान्सर अन्य सदस्यमा कम उमेरमा समेत देखिन सक्छ । यसबाट बच्न समय समयमा स्कृनिङ गरेमा आफुलाई क्यान्सर भए नभएको थाहा हुन्छ ।
पछिल्लो समय खाने बानीमा आएको परिवर्तन र जीवनशैलीका कारण ठूलो आन्द्राको क्यान्सरको समस्या बढ्दै गएको देखिन्छ । दिसामा धेरै कारणले रगत देखा पर्न सक्छ । दिसामा रगत देखिनु अन्य रोगको लक्षण पनि हुन्छन् । त्यसैले यो क्यान्सर हो या होइन थाहा पाउन स्कृनिङ गर्नुपर्ने हुन्छ । यो क्यान्सरका लक्षणहरुमा दिसाबाट रगत बग्ने, दिसा गर्ने बानीमा परिर्वतन आउने अर्थात पखाला चल्ने, दिसा लागेजस्तो हुने तर दिसा नहुने, दिसा राम्रोसँग नहुने, कब्जियतको समस्या देखिने र स्वासप्रश्वासको समस्या देखिने आदि हुन्छन् ।
ठूलो आन्द्राको क्यान्सरको लक्षण लिएर आएका बिरामीको मलद्धारमा औँला राखेर चेक जाँच गरिन्छ । जसले यो क्यान्सर भएको ३० प्रतिशत थाहा हुन्छ ।
मलद्धारमा क्यान्सरको मासु पलाएको थाहा हुन्छ । अझ कोलोनेस्कोपीे ठूलो आन्द्राको कुन–कुन भागमा क्यान्सर फैलिएको छ भन्ने पत्ता लगाउँछ । त्यसबाहेक पेटभित्र अन्य स्थानमा क्यान्सर फैलिएको छकि छैन थाहा पाउन अल्ट्रासाउन्ड वा पेटस्कान गरेर पत्ता लाग्ने गर्छ । क्यान्सर भएको नभएको सबैभन्दा राम्रो बायोप्सी हो ।
बजारका खानेकुरा अत्याधिक खाने, रेसादार फाइबरयुक्त खानेकुरा कम खाने, धुम्रपान गर्ने, मद्यपान गर्ने र शारीरिक व्यायाम नगर्ने मानिसहरुलाई यो रोग लाग्ने सम्भावना बढी देखिन्छ ।
ठूलो आन्द्राको क्यान्सर हुने कारण रातो मासुहरुमा पाइने तत्वले समेत गराउने गर्छ । सेकुवा अर्थात पोलेको मासुले पेटका अन्य क्यान्सर समेत गराउने विभिन्न अध्ययनहरुले देखाएको छ । यो क्यान्सर पश्चिममा देशहरुमा बढी देखिने गरेको छ भने एसिया र अफ्रिकाका देशमा यो क्यान्सर कम देखिने गरेको छ ।
अरु देशको तुलनामा नेपालमा कम देखिने गरेको छ । यो क्यान्सरका भएका शहरी क्षेत्रका विरामीहरु समयमा उपचारका लागि आउने गरेका छन् । तर ग्रामिण क्षेत्रका मानिसहरु अन्तिम अवस्थामा मात्र उपचारका लागि आउने गरेका छन् । यो क्यान्सर समयमा पता लागेर उपचार गरेमा निको हुन्छ।
यो क्यान्सरबाट बच्न रेसादार फाइबरयुक्त खानेकुरा खाने, नियमित व्यायाम गर्ने, धुमपान मद्यपान नगर्ने प्रशस्त सागसब्जी फलफुल खाने, पोलेका खानेकुरा नखाने, गेडागुडी खान तौललाई सन्तुलनमा राख्ने, नजिकका आफन्तहरुमा यो क्यान्सर भएको छ भने समय समय स्कृनिङ गर्ने गरेमा समयमा पता लागेर बच्न सकिन्छ ।
( प्रा.डा. कोईराला ॐ अस्पताल तथा रिसर्च सेन्टरका सिनियर कन्सल्ट्यान्ट जनरल सर्जन हुन् । )