ठुलो आन्द्रा परिक्षण कार्यक्रमको महत्व : प्रा.डा. कमल कोइराला

ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना ५० वर्ष उमेर कटे पछि बढदै जान्छ । लगभग ९० प्रतिशत ठुलो आन्द्राको क्यान्सर यही उमेर समुहमा देखा पर्दछ ।

ठुलो आन्द्रा भित्र मासुको गाँठो Polyp पलाएर ठुलो हुदै गएपछि क्यान्सरमा परिवर्तन हुन सक्दछ । खान पान, रहन सहन र आनुवंशिक अवस्था प्रतिकुल रहँदा क्यान्सरको जोखिम बढदछ ।

जनसंख्याको लगभग ३० प्रतिशत सम्म मानिसमा ठुलो आन्द्राभित्र Polyp हुने सम्भावना रहेको अध्यनले देखाएको छ ।

बेलैमा पत्ता लगाएर उपचार गर्न सके क्यान्सर हुन पाउँदैन यदि क्यान्सरमा परिवर्तन भइसकेको तर शुरुवाति अवस्थाको रहेछ भने पनि उपचार पछि पूर्ण निको हुन्छ ।

कोलोनोस्कोपी (Colonoscopy) बिधि बाट ठुलो आन्द्राको समस्या पत्ता लगाउन सकिन्छ । Polyp निकाल्न पनि सकिन्छ ।

कोलोनोस्कोपीको विकल्पको रुपमा दिशा जाँच अथवा CT गर्ने बिधिहरु पनि हुन्छन ।

कुन बिरामीले कस्तो जाँच गर्ने कहिले जाँच गर्ने, ठुलो आन्द्राको क्यान्सर हुन नदिन के कस्ता उपायहरु गर्न सकिन्छ भनेर सम्बन्धित चिकित्सकसंग परामर्श गर्न सकिन्छ ।

यस्ता कार्यक्रम मार्फत ठुलो आन्द्राको क्यान्सर रोकथाम गर्नुको साथै लागिहाले पनि मृत्यूदर कम गराउन सकिने छ ।

(प्रा. डा. कमल कोइराला काठमाडौको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा किष्ट मेडिकल कलेजका सिनियर कन्सल्ट्यान्ट जिआई एन्ड ल्यापरोस्कोपिक सर्जन हुनुहुन्छ ।)

ताजा खबर