रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लब मछिन्द्र क्बले ६–१ को शससनीपूर्ण जित निकालेपछि सानमिगेल मछिन्द्र क्लबले अर्को जित निकालेपछि कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौड झनै रोचक बनेको छ ।
११ खेलमा मछिन्द्रको २४ अंक पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको २३ अंक छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन दीपक राईले २, देवेन्द्र तामाङ , विशाल राई ‘ए’, एडिलाज सोमिडे र आन्द्रेस नियाले समान गोल गरेका थिए । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । अरु गोल दोस्रो हापमा भए ।
५४औं मिनेटमा दीपकले एकल प्रयासमा गोल गर्दै मछिन्द्रलाई २–० को स्थितीमा पु¥याए । त्यसको चार मिनेटपछि खेलको ५८औं मिनेटमा रन्जितको क्रस पासमा विशालले गोल गर्दै मछिन्द्रलाई गोल गरे । ७७ औं मिनेटमा योगेश गुरुङको फ्लिक पासमा दीपकले दोस्रो गोल गरे । ८६ औं काजिम बुसारीले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा पुर्याए । खेलको अतिरिक्त समयमा सोमिडे गोल गर्द मछिन्द्रलाई ५–१ ले अघि बढाए त्यसपछि आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रको ६–१ को शानदार जित विजयी गराउँदै शिर्ष स्थानमा केही समयको लागि भएपनि सुनिश्चित गराए । –रासस