बहुलता,प्रतिनिधित्व र विविधता भन्ने नाराका साथ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंएको छ । यसवर्ष विश्व रेडियो दिवसको नारा तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिंदै आइएको छ ।
नेपालमा बिक्रम सम्बत २००३ सालमा नेपाली कांग्रेशको अगुवाईमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन भएको हो ।