मायाँ स्वार्थले होइन, यथार्थमा हुनुपर्छ: विनय दहाल

यदि कसैले कसैलाई साँचो प्रेम गरेको हो भने उ प्रतिको प्रेम भाव कहिल्यै परिवर्तन हुनु हुदैन । सबै प्रेम विाहमा परिण हुनुपर्छ भन्ने छैन । प्रेम गरेको मान्छेलाई आजिवन प्रेम गर्न विवाह भईराख्नु पर्दैन । यदि प्रेममा सर्मपण छ भने प्रेमी वा प्रेमीकाको विवाहमा सुखद् दाम्पत्य जीवनको कामना गर्न पुष्पगुच्छा बोकेर विवाह मण्डपमा जान सक्नु पर्छ । त्यो वास्तवीक माया हो । माया गर्ने कारण हुदैन । मायाको गन्तव्य हुदैन । विवाहका लागि माया, धनीमानी सँग सम्बन्ध स्थापित गर्न माया, यौनका लागि माया, राम्रो-राम्री पाउनका लागि माया, व्यवसाय बढाउनका लागि माया, जागिर पाइने लोभमा गरिने माया, विदेश लान लैजान गरिने माया यो सबै स्वार्थी माया हो । अहिले यिनै विषयका वरिपरिमा माया बस्ने र टुट्ने गरेको पाईन्छ । जसका कारण मायामा विकृति र समाजमा अशान्ती गराउन बल पुगि रहेको छ ।

अङ्ग्रेजि क्यालेण्डरको फेब्रुअरी १४, नेपाली पात्रोमा प्राय फाल्गुण २ गते, प्रेम दिवस पर्दछ । यो आयातीत दिवस हो । नेपाली दिवस होइन । पछिल्ला दिनहरुमा नेपालमा यसको निकै ठूलो प्रभाव पर्न थालेको छ । दिवसको व्यापकता सँगै यो दिवस हाम्रो सस्कृति हो कि विकृति भन्ने विषयमा बहसहरु पनि भएका छन् । आयातीत दिवसमा आयातीत विकृति हुनु हुन्न । यसलाई हामीले हाम्रो पनमा मनाउन सक्यौ भने यसका पनि सकारात्मक पक्ष पाउन सकिन्छ । माया गर्नु, मायालु हुनु । माया प्रेम र सत्भाव बढाउनु नराम्रो होइन । तर मायाको नाममा विकृति भित्राउनु चै नराम्रो हो । मायाको नाममा भईरहेका गलत संस्कार र गलत गतिविधिको विषयमा बहस गर्न नेपाली परिवेशमा पनि यो उपयुक्त दिन र अवसर हो । त्यसैले मायाका विषयमा केहि चर्चा गरौ ।

मायाँ कसमा हुदैन र ? मान्छे मात्र हो र सजिव प्राणी सबैमा माया हुन्छ । जंगलको शेर बाघ देखि सानो किरा सम्मले माया ममता देखाउने गर्दछन् । आफ्ना सन्ताको सुरक्षा गरेर । मायाको सबैभन्दा ठूलो उदाहरण हरेक सजिव प्राणीले आफ्ना सन्तान प्रति देखाउने संरक्षण भाव हो । सधै मान्छे संग भाग्ने कुखुराको पोथि चल्ला लिएर हिडेको बेला आफ्नो चल्लालाई मान्छेबाट असुरक्षित देख्यो भने ठुग्न आइलाग्छ । हामीले सुवानी भनेको गाई उसको बाच्छा बाच्छीलाई कसैले अलग गरिदिदा दाम्लो चुडाउन खोज्छ उसकै आँखा अगाडी देख्न चाहन्छ नत्र हान्न सिङ उज्याउछ । मौरी, अरिङ्गाल, बारुला, फट्याङ्ग्रा देखि हरेक सजिव साना ठूला जिवहरुले आफ्नो परिवार, सन्ताको संरक्षणका लागि ज्यान त्याग्छन् तर प्रतिकार गर्न छाड्दैनन । यो सजिव प्राणीको मायाको उदाहरण हो । माया परिवार भित्र मात्र सिमित छैन । परिवार भन्दा बाहिर पनि माया हुन्छ । स्वार्थ मिलेर माया हुन्छ, मन मिलेर माया हुन्छ, विपरित लिङ्गिसङ् भावनात्मक माया हुन्छ ।

मायाँको विषयमा चर्चा गरिरहदा पछिल्ला समय माया वास्तविक माया नभएर स्वार्थपूर्ण मायाहरु भएको पाईन्छ । स्वार्थ पूर्तिका लागि माया गर्ने, स्वार्थ नमिल्ने वित्तिकै माया अन्त्य हुने अर्थात हिजो राम्रो भनेर माया गरिएको मान्छे भोलि नराम्रो भन्दै बेइज्यति गराउने खाल्का माया प्रेमका नाटकहरु पनि यदाकदा बजारमा देखिन्छन् ।

हामीले प्रेम दिवसको सन्र्दभमा चर्चा गरिरहदा बाबु आमाले सन्तानलाई गर्ने माया, परिवारलाई गर्ने माया, आफन्तलाई गर्ने माया भन्दा भिन्न माया रगतको नाता भन्दा बाहिरको माया युवा अवस्थामा गरिने आर्कषण र सर्मपणको माया । कसैलाई आफ्नो बनाउन गरिने माया । प्रेम दिवसको मायाको विषयमा अलिकति चर्चा गरौ । संस्कार अनुसार विवाह गर्न, जोडि बाधिन, सम्बन्ध स्थापित गर्न गरिने माया अर्थात विपरित लिङ्ग प्रतिको माया आजको प्रेम दिवसको मायाको अर्थ हो । माया गरेकै कारण एकजना प्रेमीले ज्यान गुमाउनु परेको सम्झनामा मनाउने दिवस । प्रेम दिवस ।

आजकाल प्रेम निकै सस्तो भएको छ । जुन बेला देखि प्रेम दिवस मनाउन थालियो यो दिवस महंगो मायाको फलस्वरुप मनाउन थालिएको थियो । दिवसले व्यापकता पायो, विश्वव्यापि दिवस मनाउन थालियो तर प्रेमको परिभाषा भने विकृत हुदै गयो । भ्यालेन्टाईनले गरेको प्रेम उदाहरणीय थियो । अहिलेको प्रेम फेसनेवल छ । देखावटी छ । स्वार्थी छ ।

अहिले प्रेम मन देखि मन सम्म, मुटु देखि मुटु सम्म हुदैन । अहिलेको प्रेममा समर्पण छैन । छ त केवल आर्कषण, स्वार्थ, कुण्ठा, लोभ । प्रेम गर्छु भनेर गरिन्न । प्रेम चाहे जस्तो पनि हुदैन । यो आफै विकसित हुदै जाने कुरा हो । तर यहाँ प्रेमका लागि प्रेम हुन थालेको छ । स्वार्थका लागि प्रेम हुन थालेको छ ।

अहिलेको प्रेमको सबैभन्दा ठूलो उद्देश्य विवाह हो । प्रेम विवाहमा परिणत हुन नसकेमा त्यसले विकृत रुप ल्याउने गरेको पाईन्छ । थुप्रै हत्या, बलात्कार झै झगडा आरोप प्रत्यारोपका घटनामा प्रेमको असफलता जोडिएको पाईन्छ । आज माया गरेर एक आपसमा गाला र गला जोड्नेहरु भोलि सानो असमझदारीमा झै–झगडामा उत्रने मात्र होइन हिजोका दिनमा प्रेममा आफूहरुले गरेका गतिविधिलाई सामाजिक सञ्जालमा छाताछुल्ल पारेर एक अर्कामा लान्छाना लगाउन पछि नपर्ने अवस्था देखिन्छ । यदि कसैले कसैलाई साँचो प्रेम गरेको हो भने उ प्रतिको प्रेम भाव कहिल्यै परिवर्तन हुनु हुदैन । सबै प्रेम विाहमा परिण हुनुपर्छ भन्ने छैन । प्रेम गरेको मान्छेलाई आजिवन प्रेम गर्न विवाह भईराख्नु पर्दैन । यदि प्रेममा सर्मपण छ भने प्रेमी वा प्रेमीकाको विवाहमा सुखद् दाम्पत्य जीवनको कामना गर्न पुष्पगुच्छा बोकेर विवाह मण्डपमा जान सक्नु पर्छ । त्यो वास्तवीक माया हो । माया गर्ने कारण हुदैन । मायाको गन्तव्य हुदैन । विवाहका लागि माया, धनीमानी सँग सम्बन्ध स्थापित गर्न माया, यौनका लागि माया, राम्रो÷राम्री पाउनका लागि माया, व्यवसाय बढाउनका लागि माया, जागिर पाइने लोभमा गरिने माया, विदेश लान÷लैजान गरिने माया यो सबै स्वार्थी माया हो । अहिले यिनै विषयका वरिपरिमा माया बस्ने र टुट्ने गरेको पाईन्छ । जसका कारण मायामा विकृति र समाजमा अशान्ती गराउन बल पुगि रहेको छ ।

संसार स्वार्थी हुदै गएको छ । स्वार्थी संसारमा माया पनि स्वार्थी हुनु अस्वभाविक होइन । तर मायाको परिभाषा नै स्वार्थले उल्टाई दिएको छ । माया बसेको नाममा घर परिवार, समाजलाई वे–वास्ता गरेर स्वार्थमा रुमल्लीएर जर्वजस्ती त्यसलाई विवाहमा परिणत गरेपछि माया सफल हुन्छ भन्ने भ्रम हामीमा छ । तर हामीले पढ्ने ठूला–ठूला प्रेम कहानी रोमियो जुलिअर्ट, हेमलेट देखि मुनामदन सम्म विछोड हुदाँपनि मायामा देखाएको सर्मपणले अमर भएका प्रेम काहनी हुन् । उनिहरुको माया निस्वार्थी थियो, विवाहका लागि उनिहरुले प्रेम गरेका थिएनन, यौनका लागि थिएन उनिहरुको प्रेम त्यो केबल निस्वार्थ प्रेम थियो । साँचो प्रेम थियो । त्यसैले उनिहरु अहिले पनि हाम्रो उदाहरण छन् ।

 

 


ताजा खबर