त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।
इलामको ठूलो टुडीखेलमा आइतबार भएको खेलमा संकटा क्लव काठमाडौँलाई दुई शुन्यले हराउदै अघिल्लो चरणको यात्रा निश्चित गरेको हो ।
आर्मीका तर्फबाट सुदिल राईले दुई गोल गरी गरे । उनले खेलको ७औं मिनेट र दोस्रो हाफको ३७ औ मिनेटमा गोल गरी टीमलाई जीत दिलाए ।
संकटाका विदेशी खेलाडी डेडि वाम्बाले खेलको ४१ औं मिनेटमा सान्तवना एक गोल फर्काए ।
खेलको म्यान अफ दी म्याच आर्मीका सुदिल राई बने । उनले नगद १० हजार प्राप्त गरे ।
सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा गोर्खा व्वाइज रुपन्देही र मच्छिन्द्र क्लब काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ । रासस