प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउन थालियो : स्वास्थ्यमा क्रमिक सुधार

मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको श्वास्थ्य अबस्थामा क्रमिक सुधार भएको र उहाँलाई ठोस आहार दिन थालिएको जनाइएको छ ।

साथै उहाँका सबै महत्पूर्ण प्रयोगशाला परीक्षण सूचकाङ्कहरू समान्य अबस्थामा रहेको अस्पतालले जनाएको छ ।

Image may contain: text

शुक्रबार प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले  प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गर्नुभएको थियो ।

सल्लाहकार रिमालले ट्वीटर ह्याण्डल मार्फत प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गर्नुभएको छ …

“साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन शुक्रबार अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल लगायत शिक्षण अस्पताल पुग्नुभएको थियो ।    

सफल नेपाल, काठमाडौं 


ताजा खबर