ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी नर्सिङ निर्देशक लालदेबी महर्जन ‘राष्ट्रिय नारी स्वर्ण सम्मान २०७३’ बाट सम्मानित हुनुभएको छ।
अत्यन्त निष्ठा र समर्पणका साथ नर्सिङ सेवाबाट लामो समयदेखि बिरामीको सेवा र परामर्शको माध्यमबाट अनुकरणीय र प्रेरणादायी व्यक्तित्व एवं अभियन्ताका रुपमा नर्सिङ सेवा तथा ब्यवस्थापनमा निरन्तर कृयाशिल महर्जन आज सम्मानित हुनुभएको हो ।
उहाँको प्रशंसनीय, अनुलनिय एवं अवीस्मरणीय कार्यको उच्च मुल्यांकन गर्दै १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्बसन्ध्यामा सम्मान गरिएको हो ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल तथा विशिष्ट अतिथि पूर्व मन्त्री राधा कुमारी ज्ञवालीले लालदेबी महर्जनलाई ‘राष्ट्रिय नारी सम्मान २०७६’ बाट सम्मानित गर्नुभएको हो ।
सफल नेपाल,काठमाडौं