आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

आज १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा ‘समानताको पुस्ताः अन्त्य गरौ“ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।

महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलगायत संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था विगतका वर्षहरूमा भन्दा सकारात्मक हुँदै आएको भएपनि सन्तोषजनक मान्न सकिने अवस्थामा अझै पुगेको छैन ।

महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा केही सुधार भएको छ । यति हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएका छन् । रासस


ताजा खबर