केही मानिसहरुले हर्टअट्याक र कार्डिएक अरेस्टलाई समान रुपमा लिने गरेको पाईन्छ । दुबै एउटै प्रकृतिको रोग भएको उनीहरुको बुुझाई हुन्छ । तर हर्टअट्याक र कार्डिएक अरेस्ट दुबै फरक फरक समस्या हुन ।
के हो हर्ट अट्याक ?
मुटुको रक्तनली (कोरोनरी आर्टरी ) मा रगतको प्रबाह रोकिएपछि हर्ट अट्याक हुन्छ । कोरोनरी आर्टरी रक्त नली हुन जसले कार्डिअक मसल्समा रगत पु¥याउछन । मुटु स्वयम एउटा माशपेशी भएकोले यसलाई काम गर्न अक्सिजनयुक्त रगत चाहिन्छ । कार्डियाक मसल्समा रगतको प्रबाह रोकिने वित्तिकै मुटुले काम गर्न छोड्छ, जसलाई हामी हर्ट अट्याक भन्छौ । अबरोध भएका कोरोनरी आर्टरीलाई चाँडो खुलाईएन भने मुटुको माशंपेशी मर्न सुरु गर्छ ।
हर्ट अट्याकपछि के हुन्छ ?
हर्ट अटयाक हुँदा छातीमा अत्यधिक पीडा हुनुको साथै छाती कसिलो हुन्छ । कसै कसैले शरिरको वायाँतर्फको माथिल्लो भाग र देब्रे पाखुरामा अत्यधिक पीडा महशुस गर्छन । ह्दयघात भएपछि पनि मुटुको चाल भने चलिरहन्छ ।
के हो कार्डिएक अरेस्ट ?
कार्डिएक अरेस्ट हुँदा मुटुको धड्कन पनि रोकिन्छ । कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिन्छ । ह्यदयघातमा कार्डिएक मसल्समा रक्त प्रबाह रोकिएपनि मुटुको धड्कन भने चलिरहन्छ तर कार्डिंएक अरेस्टमा मुटुको धड्कन रोकिन्छ र मानिस अचेत हुनुको साथै श्वास लिन छोड्छ । तसर्थ कार्डिएक अरेस्ट भएको थाहा पाउने वित्तिकै उपचार भएन भने केही मिनेटमा नै बिरामीको मृत्यु हुन्छ ।