मिर्गाैलादाता सङ्ग्रौला स्वास्थ्य लाभ गरी घर फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्य लाभ गरी आज घर फर्कनुभएको छ ।

सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनुभए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उहाँको स्वास्थ्यबारे जानकारी लिएर उहाँ घर फर्कनुभएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम जारीे छ ।

उहाँलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री काट्नुभएको जनाउँदै उहाँको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गर्नुभयो ।  रासस


ताजा खबर