प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै परीक्षणका नतिजाहरू सकारात्मक रहेको अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्याकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले बिहिबार एक विज्ञप्ती जारी गरी मृगौला प्रत्यारोपण पछाडि गर्नुपर्ने सबै परीक्षणहरू नियमित भईरहेको र परीक्षणका नतिजाहरू सामान्य र सुधारउन्मुख रहेको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीका सबै भाईटल तथा ल्याव सुचकहरू राम्रो रहेको र नियमित आहार लिईरहनुभएको विज्ञप्तीमा जनाईएको छ।
नौ दिन अघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ ।
उहाँको स्वास्थ्यस्थिति सामान्य भएको भन्दै पहिलो पटक उहाँकी धर्मपत्नी राधीका शाक्यलाई भेटघाट गर्न दिइएको हो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य प्रगति उन्मुख रहेको जनाउँदै भेटघाट गर्न दिएको टिव्टमा उल्लेख गर्नुभएको छ ।