विश्व माहामारीको रुप लिएको कोरोनाभाइरुस (कोविड-१९) को प्रभाव विभिन्न सार्वजनिक कार्यक्रमसँगै खेल क्षेत्रमा पनि परेको छ ।
कोरोनाभाइरसको आतंक बढ्न थालेपछि यूरोपेली फुटबलको छाता संगठन यूरोपेली फुटबल महासंघले अर्को हप्ताका लागि तय गरिएका सबै खेलहरू स्थगित गरेको छ ।
यूरोपियन लिगअन्तर्गतका च्याम्पियन लिग, राउन्ड अफ सिक्सटिन सेकेण्ड लिग, यूरोपा लिग र सबै यूथ लिगहरू स्थगित गरेको जनाएको छ । यी प्राय: खेलहरू १७, १८ र १९ मार्चका लागि तय गरिएका थिए ।
त्यसका साथै भारतको सबैभन्दा ठूलो क्रकेट लिग इन्डियन प्रीमियर लिग पनि स्थगित भएको छ । भारतीय क्रिकेट काउन्सिलले २९ मार्चबाट तय गरेका आईपिएल खेल स्थगित भएको जनाएको छ ।
भारतीय क्रिकेट काउन्सिलका प्रमुख सौरभ गांगुली र सेक्रेटरी जय शाहलगायतको बैठकले उक्त निर्णय गरेको हो । बीआईसीसीले आगामी १५ अप्रिलसम्म लिग सुरु नहुने जनाएको छ ।