पत्नीलाई कोरोना लागेपछि क्यानडाका प्रधानमन्त्री आइसोलेसनमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पत्नीमा संक्रमण देखिएपछि प्रधानमन्त्री पनि १४ दिनसम्म आइसोलेसनमा बस्ने भएका छन् ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भाइरसको संक्रमण भएको जनाएका छन् । बेलायतमा भएको एक कार्यक्रममा पुगेर फर्किपछि सोफीमा भाइरसको लक्षण देखिएको थियो । यसपछि उनको स्वास्थ्य परीक्षण गर्दा भाइरसको संक्रमण भएको पत्ता लागेको थियो ।

सेल्फ–आइसोलेसनमा रहे पनि प्रधानमन्त्री जस्टिनले आफ्नो नियमित काम गरिरहने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनले शुक्रबार सम्बोधन गर्ने बताइएको छ । क्यानडामा भाइरसको संक्रमणबाट अहिलेसम्म १ जनाको ज्यान गएको छ । सयभन्दा बढीमा संक्रमण देखिएको छ ।


ताजा खबर