कोरोना भाइरस संक्रमण : भारतमा दोस्रो व्यक्तिको मृत्यु

भारतमा कोरोना भाइरस (कोेभिड १९) को कारण थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

मृतक महिलाको छोरा समेत कोरोनो भाइरसबाट संक्रमित रहेको बताइएको छ । मृतक महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी हुनुहुन्थ्यो । कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानका ७६ वर्षीय वृद्धको भएको थियो । मृतक वृद्घ केही समय अगाडी साउदी अरबबाट भारत फर्कनुभएको थियो ।

यसैबीच कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् । रोयटर्स


ताजा खबर