लियो क्लब अफ चितवन सौराहाको अध्यक्षमा पुजन अधिकारी निर्वाचित हुनुभएको छ ।
क्लबको सौराहामा सम्पन्न आठौं अधिवेसनले सन् २०२०/०२१ का लागि अधिकारी लाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा एन्जिला चापागाईं, द्धितिय उपाध्यक्षमा अमृता श्रेष्ठ, तृतिय उपाध्यक्षमा मोनिका बानिया,सचिवमा सिमान्त बिडारी, सहसचिवमा आस्था पान्डे (एन्जल), कोषाध्यक्षमा शिला श्रेष्ठ,सह-कोषाध्यक्षमा सन्जय पौडेल, पिआरओमा सुरेन्द्र पौडेल,टेल टुइस्टरमा रबिन्द्र सापकोटा,टेमरमा रमेश आचार्य, क्लब निर्देशकमा कृष्ण दुवाडी र उज्वल अधिकारीलाई चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब अफ चितवन सौराहाका पुर्व अध्यक्ष एबम लायन्स ३२५ बि २ का एड्भाइजर दिपेन्द्र खतिवडाले क्लब स्थापनाको छोटो समयमा नै सामाजिक तथा रचनात्मक कार्यमा परिचित भएको भन्दै प्रशंशा समेत गर्नुभयो । त्यस्तै लायन्स क्लबका पुर्ब अध्यक्ष योगेश अधिकारिले युवाहरुको क्रियाशिलता प्रति सदैव साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा लायन्स क्लबका प्रथम उपाध्यक्ष अन्जन पान्डे,लियो क्लबका पुर्ब अध्यक्ष तथा लियो ३२५ बि २ का एरिया ३ का चिफ सौरण रिजाल,पुर्बअध्यक्ष भिम प्रसाद अधिकारी,बिपिन पौडेल लगायतले बोल्नुभएको थियो ।
बर्ष २०१९ /२० का अध्यक्ष आभास अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम पोखरेल र सञ्चालन सचिव पुजन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले युवाको नेतृत्व विकास गर्दै समाजको सकारात्मक कार्यमा उत्प्रेरित गराउन आफू लागि पर्ने बताउनु भयो ।