भोलीबाट देशभर लक डाउन : अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने

सरकारले भोलि बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन देशैभर रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको र अत्यावश्यक बाहेक अन्य कामका लागि कोही पनि घरबाट निस्किन नपाउने,,सवारी साधन चलाउन नपाउने मन्त्रीपरिषदको आइतबार बसेको बैठकले निर्णय लिएको अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

सरकारले भोलि बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन देशैभर रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको र अत्यावश्यक बाहेक अन्य कामका लागि कोही पनि घरबाट निस्किन नपाउने,,सवारी साधन चलाउन नपाउने मन्त्रीप।िषदको आइतबार बसेको बैठकले निर्णय लिएको अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

आज साँझ प्रभानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. खतिवडाले भोलि मंगलबार विहान ६ बजेबाट चैत्र १८ गते बिहान ६ बजेसम्मका लागि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाईएको जानकारी गराउनुभयो ।

उहाँले खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउन नपाईने बताउनुभयो ।

अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. खतिवडाले अत्यावश्यक सेवाका बाहेक अन्य कर्मचारीलाई आवश्यकता पर्दाका बखत तत्काल बोलाउन सक्ने गरी बिदा दिने ब्यवस्था कार्यालय प्रमुखले मिलाउने गरी निर्णय भएको पनि बताउनुभयो ।

कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकले क्वारेण्टाईन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गरेको र बलम्बूस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचार नेपाली सेना नेतृत्वको चिकित्सक टोलीले अन्य आवश्यक निकायसंग समन्वय र सहकार्य गरी गर्ने निर्णय गरेको पनि अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. खतिवडाले जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा साँझ ५ बजे सुरु भएको बैठक साँढे २ घण्टा भन्दा बढी चलेको थियो । रासस


ताजा खबर