विश्वब्यापि महामारी, कोभिड १९-कोरोना भाइरसको संभावित संक्रमितको क्वारेन्टाइन व्यवस्थापनकालागि क्षेत्रीय होटल संघ चितवन, क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहा, रत्ननगर नगरपालिका वडा नं ६ र ७ ले सरकारलाई चार हजार बेड उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको छ ।
सरकारलाई आवश्यकता परेको अवस्थामा क्वारेन्टाइनका लागि चार हजार बेड उपलव्ध गराउने निर्णय सहित सौराहाका अत्यावश्यक पसलहरू बाहेक सबै होटल, रेष्टुरेन्ट तथा पसलहरू समेत अर्को निर्णय नभए सम्म बन्द रहने जानकारी क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहा अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभएको छ।
आफु पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्ने मूल नाराकासाथ एसोसिएसनले लिएको यस निर्णयबाट सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति क्षमा यचाना समेत गरेको छ ।