आजबाट देशभर लक डाउन : घरबाट निस्कन रोक, आपतकालीन काममा छुट

सरकारले आज विहान ६.०० बजेबाट शुरु गरेको लक डाउन अथार्थ घरबाट निस्कन रोक लगाउन शुरु भएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका नयाव महानिरीक्षक विश्वराज पोखरेलले कुनै पनि व्यक्तिलाई आपतकालीन अवस्थामा भने आउजाउ गर्न दिइने व्यबस्था मिलाइएको नेपाल टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।

उहाँले आज विहान ५.०० बजेबाटै प्रहरी परिचालन गरिएको र कतिपय सडकमा आएका मानिसलाई घर भित्रै बस्न माइकिङ गरी आग्रह गरिएको र धेरै जसो घर भित्र गइसक्नु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, अत्यावश्यक सेवासँग सम्बन्धित पानी, दूध, इन्धन खाद्यन्न बोक्ने गाडी भने चल्न पाउने व्यबस्था मिलाइएको छ । कसैलाई इमरजेन्सी छ र त्यो प्रमाणित हुन्छ भने उहाँहरुले आवतजावत गर्न पाउनुहुने छ ।

प्रहरी नायव महानिरीक्षक पोखरेल आम नागरिकलाइ जोखिमबाट बचाउन यो कार्य गरिएकाले सबैको सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो ।

आन नागरिकलाई कुनै असुविधा भए हेरेर त्यसलाई खुकुलो गरिने समेत बताउनुभयो ।


ताजा खबर