ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु। १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो ।
यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएकोे आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए ।
बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवीक प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।