कोरोनाको कहर र महाभारत युद्धका बखत कुरुक्षेत्रमा घटित एक प्रसङ्ग

आफ्ना पिता द्रोणाचार्यलाई छल गरेर पाण्डवहरुले मारेपछी पुत्र अश्वत्थामा अत्यन्त क्रोधित भए ।
उनले पाण्डव सेना माथि अति भयानक हतियार ”नारायण अस्त्र” प्रहार गर्ने निर्णय गरे ।
नारायणअस्त्र भगवान बिष्णु, श्रीकृष्ण, श्रीराम, गुरु द्रोणाचार्य र उनका छोरा अश्वत्थामासंग मात्रै थियो ।
यो यस्तो अस्त्र थियो जसको युद्ध मैदानमा कुनै प्रतिकार हुन सक्दैनथ्यो । यो अस्त्र प्रहार भए पछी युद्धमा हतियार सहित प्रस्तुत प्रतिपक्षको हरेक योद्दा अग्नि बर्षा भएर त्यहीं भष्म हुन्थ्यो । हातमा हतियार नहुनेलाई भने यसले छुदैनथ्यो ।

भगवान् श्री कृष्णले यो कुरा थाहा पाएर पाण्डव पक्षका सम्पूर्ण सेनाहरुलाई आफ्ना सबै अस्त्र-शस्त्र जमिनमा फालेर प्रार्थनारत रहन निर्देशन दिए । पाण्डव सेना हात-हतियार छोडेर चुपचाप प्रार्थनामा जुट्यो !

अश्वत्थामाले ‘नारायण अस्त्र’ छोडे तर त्यसले भस्म पार्ने प्रतिपक्षको युद्दरत एक सैनिक पनि फेला पार्न सकेन । छाडिएको नारायण अस्त्रको समय सकिएपछि यो निष्क्रिय भयो र युद्द मैदान शान्त देखियो । यसरी पाण्डव सेना ‘नारायण अस्त्र’ प्रहारको बिनासबाट बच्यो ।

यो प्रसङ लाइ अहिलेको परीस्थीती सङ बिचार गरौ…

मानौं, प्रकृति अहिले मानव जातिसंग रिसाएकी छन् । अहिले फैलिएको महामारीलाई प्रकृतिले मानव जाति माथि छोडेको ‘नारायण अस्त्र’ भन्ने अनुमान गरौँ । प्रकृतिको यस प्रकोपबाट बच्नकालागि पाण्डव सेना हात हतियार फ्याकेर युद्द मैदानमा शान्त बसे झैं हामी पनि शान्तिपूर्वक अहिले घरमै बसौं । नारायण अस्त्रको समयावधि सकिएर निष्क्रिय भए झैं कोरोना भाइरस पनि आफ्नो समयावधि पूरा गरे पछी शान्त हुनेछ !

सफल नेपाल


ताजा खबर